Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सत्ता गठबन्धनकै दल सडकमा

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०७८, बुधबार
धरानमा सत्ता गठबन्धनकै दल सडकमा

धरानः धरानमा पनि अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा सत्ता गठबन्धनकै दल आन्दोलनमा उत्रिएको छ ।
बुधबार करिब ५ बजे ती दलहरुले धरानस्थित छाताचोकबाट भानुचोकसम्म एमसीसीको विरोधमा नारा लगाउँदै भानुचोकमा कोणसभा समेत गरे । नो एमसीसी, एमसीसी फिर्ता गरलगायतका प्लेकार्ड बोकेर सडकमा निस्किएका उनीहरुले भानुचोकमा कोणसभा पनि गरेका हुन् ।
सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका अन्य चार दलहरु सडकमा आएका हुन् । कार्यक्रममा जनता समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च पनि सडकमा उत्रिएको हो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले एमसीसी फिर्ता हुनुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका ध।रान अध्यक्ष सुदर्शन श्रेष्ठले एमसीसी कुनै पनि हालतमा बलपूर्वक रुपमा संसद्मा एमसीसी टेबल गरिए माओवादी सडकमै बसिरहने बताए । उनले माथिल्लो तहका नेताहरुले जबर्जस्ती एमसीसी पास गर्न खोजिए सत्ता छाडेर भएपनि यसको विरुद्ध लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका धरान नगर अध्यक्ष रेवतीरमण राईले एमसीसी नेपाल र नेपाली जनताको हितमा नभएकोले आफूहरु सडकमा आएको बताए ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष अमर इजमले कुनैपनि हालतमा एमसीसी पास हुन नहुने बताए । यस्तै, कार्यक्रममा बोल्दै जनता समाजवादीका नगर अध्यक्ष ताजुब लिम्बूले एमसीसी राष्ट्रको हितमा नभएकोले सत्ताधारी दल नै सडकमा आउनुपर्ने बाध्यता रहेको बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन ४ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend