धरानः नेकपा (माओवादी केन्द्र) का धरान नगर इन्चार्ज, प्रदेश कमिटी सदस्य अइन्द्रविक्रम बेघाले एमसीसी संशोधन–परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने बताएका छन् ।
हाम्रो कोशी आवाज टिभीसँगको कुराकानीमा उनले एमसीसीको विषयलाई गम्भीररुपमा लिनुपर्ने बताउँदै उनले भने, ‘नेपालका कानुनको मातहतमा रहनेगरी, नेपालको सार्वभौमिकतामाथि प्रश्न नउठ्ने र असर नपर्ने गरी, नेपाली जनताले आफ्नो अनुकुलताअनुसार पर्ने गरी, मुलुकको सार्वभौमिकताको रक्षा गर्दै संशोधन गरेर एमसीसी पास गर्दा हुन्छ ।’
उनले सहमति जुटाउने प्रयासमा सबै लाग्नुपर्ने पनि बताए । ‘राष्ट्रिय हित प्रतिकूलका प्रावधानहरू रहेका हुनाले एमसीसी संशोधन र परिमार्जनका लागि पहल गरौं । वार्ता गरौं, कुराकानी गरौं । जति संशोधन, परिमार्जन गर्न सकिन्छ, त्यो प्रयास गरौं । त्यसको आधारमा राष्ट्रिय सहमति जुटाउने कोसिस गरौं । त्यही राष्ट्रिय सहमतिको आधारमा अघि बढौं ।’ उनले भने । उनीसँग गरिएको भिडियो कुराकानीः