धरानः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धरान उपमहानगर कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।
सो बैठकले धरानमा रहेको २० वटा वडाहरु मध्ये १४ वटा वडामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ भने युवा, दलित, महिला, बुद्धिजीवी, खेलकुद, मजदुर लगायत जनवर्गीय सङ्गठनमा इञ्चार्ज र सो इञ्चार्ज पनि तोक्नुको साथै सोही बैठकले ११ जना नगर सदस्य पनि थप मनोनयन गरेको छ ।
हिमालजङ्ग खड्का वडा नं. १ इञ्चार्ज, जीतबहादुर मगर वडा नं. ४ इञ्चार्ज, पत्रकार स्वर्णिमहाङ फोम्बो लिम्बू वडा नं. ५ इञ्चार्ज, हरिप्रसाद खड्का ६ नम्बर इञ्चार्ज, उद्दिम राई ८ नम्बर इञ्चार्ज, खेम दाहाल १० नं. इञ्चार्ज, भीम लामिछाने ११ नं. इञ्चार्ज, पदमा सुब्बा १३ नं. वडा इञ्चार्ज, प्राण राई १४ नं. इञ्चार्ज, घमनसिंह बराइली १५ नं. वडा इञ्चार्ज, करुणा राई १६ नं. वडा इञ्चार्ज, नन्द श्रेष्ठ १७ नं. वडा इञ्चार्ज, कविता राई र प्रदीप मुखिया १८ नं. वडा इञ्चार्ज, र सहइञ्चार्ज, राजकुमार राई र भुवनसिङ राई २० नं. वडा इञ्चार्ज र सह इञ्चार्जमा मनोनित भएका छन् ।
नगर अध्यक्ष रेवतरमण राईको अध्यक्षतामा बसेको सो बैठकको प्रमुख आतिथि पार्टीका पोलिटव्यूरो सदस्य धर्म निरौला, विशेष आतिथ्य केन्द्रीय सदस्य तथा सुनसरी सहइञ्चार्ज केशव विष्ट, केन्द्रीय सदस्य तथा सुनसरी सहइञ्चार्ज सुस्मा राई, केन्द्रीय सदस्य तथा सुनसरी सहइञ्चार्ज जीवन राई रहेका थिए ।