Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भानुचोक एमसीसीबारे जनमत संग्रह

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७८, बुधबार
धरानको भानुचोक एमसीसीबारे जनमत संग्रह

धरानः धरानमा यथास्थितिमा मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) पारित गर्ने वा नगर्ने सडक जनमत सङ्ग्रह कार्यक्रमको आयोजना भएको छ ।
धरानस्थित भानुचोकमा ब्यानरसहित टाँगेर मत मागिएको थियो । युवा, विद्यार्थी, नेता, मजदुरलगायत सर्वसाधारणले मतदान गरेका छन् । करिब एक घण्टामै दुई सय मत खसेको थियो ।
नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी सुनसरीले कार्यक्रमको आयोजना गरेको सुनसरी जिल्ला सदस्य आशिष थापाले जानकारी दिए । ‘सडकमा हिँडिरहेका सर्वसाधारणको राय लिन र जनमत बटुल्न यस्तो कार्यक्रम आयोजना गरेका हौं ।’ उनले भने ।
यसैबीच २ सय मत खसेकोमा १ सय ८६ जनाले एमसीसी यथास्थितिमा पारित गर्न नहुनेमा मत खसाएका छन् भने पारित गर्नुपर्छ भन्ने पक्षमा ११ जनाले मतदान गरेका छन् । यस्तै, ३ मत बदर समेत भएको थियो ।
माओवादी केन्द्रका धरान नगर इन्चार्ज तथा प्रदेश सदस्य अइन्द्रविक्रम बेघाले एमसीसी यथास्थितिमा पारित हुनु हुँदैन भन्ने पक्षमा आफूले मत खसालेको बताए । माओवादीकी नेतृ भूमिका चौलागाईंले कुनैपनि हालतमा यथास्थितिमा एमसीसी पास गर्न नहुने धारणा राखिन् ।
यसअघि माओवादी केन्द्रले केन्द्रमै पनि एमसीसीबारे जनमत सङ्ग्रह गर्नुपर्ने प्रस्ताव राख्दै आएको छ । ‘हामीले भन्दै आएका छौंैं, सकिन्छ भने जनमत सङ्ग्रह गरौं, सकिन्न भने गोलमेच सम्मेलन गरेर एउटा आवाज निर्माण गरौं ।’ नेतृ भूमिकाले भनिन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य खेम रनपहेलीले एमसीसी राष्ट्रघाती यसलाई संसदको बहुमतले पास गर्नुभन्दा जनमत सङ्ग्रहमा लानुपर्ने धारणा राखे । एमसीसी अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अङ्ग भएको भन्दै यसलाई त्यतिकै पास गर्न नहुने उनको तर्क थियो । उनले सुनसरी जिल्लाभरमात्रै नभएर अहिले देशैभरी यस्तो कार्यक्रम चलिरहेको बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन ११ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend