Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बृहस्पति अस्त भएकोले अबको २९ दिन शुभकर्म गर्न नहुने: ज्योतिषशास्त्र

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७८, बुधबार
बृहस्पति अस्त भएकोले अबको २९ दिन शुभकर्म गर्न नहुने: ज्योतिषशास्त्र

धरानः १० फागुनबाट बृहस्पति अस्त भएकाले अब २९ दिन ग्रहदोष र नित्य कर्मबाहेक अन्य शुभकर्म गर्न नहुने ज्योतिषले बताएका छन् ।
१० फागुन मंगलबार बिहान १० बजेर ३१ मिनेटदेखि पश्चिम दिशामा अस्ताएका गुरु बृहस्पति ९ चैत बुधवार बिहान ६ बजेर २ मिनेटमा पूर्व दिशाबाट शुभ समयमा उदय हुने पञ्चांग निर्णायक समितिबाट स्वीकृत पञ्चाङ्गमा उल्लेख गरिछ।
खगोलीय नियमअनुसार सूर्यसँग कुनै पनि ग्रह बस्दा, सूर्यको प्रकाशले अरु ग्रहहरूको बल र शक्ति कमजोर गराउने अंशमा पुगेमा ग्रहहरूको गति अस्त अवस्थामा हुन्छ।
ज्योतिषशास्त्रअनुसार यस्तो समयमा नित्यकर्मबाहेक अन्य साइत जुराएर गर्नुपर्ने मांगलिक कार्य गर्न नहुने नियम रहेको ज्यातिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए।
आशिर्वाद दिने ग्रह नै कमजोर भएको समयमा शुभ कार्यहरूको फल प्राप्ति नहुने र गरेका कामहरू पूर्ण नहुने भन्ने शास्त्रीय वचन रहेको उनको भनाइ छ।
हरेक समयमा ग्रहहरू अस्त र उदय भइरहने प्रक्रिया चलिरहने भन्दै उनले तर देबगुरु बृहस्पति र शुक्र ग्रह अस्त हुँदा शुभफल प्राप्तिको योग नरहने भएकाले शुभकर्म निषेध गरिएको हो।
ज्योतिष रिजालका अनुसार अस्तको प्रभाव विशेषगरी सामाजिक, राजनीतिक तथा आर्थिकरुपमा पनि पर्नेछ। यस्तो समयमा कुनै पनि कार्य सफल नहुने योग निर्माण भएको छ।

प्रकाशित मिति: फाल्गुन ११ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend