Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गायक निशान भट्टराईले ल्याए ‘जय भोले’

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०७८, शुक्रबार
गायक निशान भट्टराईले ल्याए ‘जय भोले’

धरानः गायक निशान भट्टराईले धार्मिक गीत (भजन) ल्याएका छन्। उनले ‘जय भोले’ बोलको धार्मिक गीत सार्वजनिक गरेका हुन्।
गौरव दपर्णले संगीत परेको गीतमा कृष्ण उदासीको शब्द रहेको छ। सँगै हिन्दू परम्पराको पञ्चाक्सर स्तोत्रलाई पनि गीतमा प्रयोग गरिएको छ। गीतको एरेन्ज कुशल सिंहले गरेका हुन् भने मिक्सिङ किशोर थापाले गरेका हुन्।
गीतको भिडियोमा निशानसँगै गीतको संगीतकाहरुको समूहलाई प्रस्तुत गरिएको छ। विभिन्न धार्मिक ठाउँका दृश्यहरु समावेश गरि गीतको भिडियो तयार पारिएको छ।

प्रकाशित मिति: फाल्गुन १३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend