Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः फ्रिजमा अण्डा यसकारण राख्नु हुँदैन

हाम्रो कोशी आवाज
फाल्गुन १९ २०७८, बिहिबार
नयाँ अध्ययनः फ्रिजमा अण्डा यसकारण राख्नु हुँदैन

धरानः कतिपय मानिसहरुले अण्डालाई फ्रिजमा राख्ने गर्छन् । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।
चिसो मौसममा अण्डा खानु स्वास्थ्यका लागि एकदमै राम्रो र फाइदाजनक मानिन्छ । किनकि यसमा अधिक मात्रामा प्रोटिन, क्याल्सियम र ओमेगा ३ फ्याटी एसिड हुने गर्दछ । तर त्यहीँ अण्डालाई फ्रिजमा राख्नाले त्यो सबै नष्ट हुने गर्दछ ।
यसका साथै फिजमा राखेको अण्डा छिट्टै बिग्रने गर्दछ । यदि तपाई अण्डामा रहेका गुणहरु नष्ट नहुन भन्ने चाहनुहुन्छ भने अण्डालाई रुम टेम्पेरेचरमा नै राख्नु राम्रो मानिन्छ । दैनिक अण्डा खाने गर्नुभएको छ भने पनि धेरै दिनसम्म राखेको अण्डा नखानुहोस् । आवश्यकता परेको बेलामा अण्डा किनेर खानु नै राम्रो मानिन्छ ।
यो कुरा सही हो कि अण्डालाई फ्रिजमा राख्नाले त्यो फ्रेस रहने गर्दछन् तर त्यसबाट पौष्टिक तत्व पनि नष्ट हुने गर्दछ । यसका साथै त्यसको असली स्वाद पनि नष्ट हुने गर्दछ । फ्रिजमा अण्डा राख्नाले त्यसमाथि रहेको ब्याक्टेरिया बढ्न सक्छन् । यस्तोमा अण्डाको भित्र पनि ती ब्याक्टेरिया घुस्ने सम्भावना हुने गर्दछ । यसका साथै फ्रिजमा राखेका अन्य सामानहरुमा पनि उक्त ब्याक्टेरिया फैलने खतरा बढ्ने गर्दछ ।
यसरी तपाईको एउटा सानो भुलले तपाईको स्वास्थ्यसँग सम्झौता गरिरेहेको हुन्छ । जुन अण्डालाई तपाईले स्वास्थ्यवर्धक सम्झेर खाइरहनुभएको छ, त्यो नै बिमारी र तपाईको स्वास्थ्यका लागि खतरा बन्न सक्छ ।

प्रकाशित मिति: फाल्गुन १९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend