धरानः संखुवासभा जिल्ला शिङ्सा क्षेत्र थातथलो भई धरानमा बसोबास गर्ने बौद्धमार्गी मुलबासीहरुको महान चाड ज्यालो ल्होसार धुमधामका साथ मनाएको छ ।
प्रदेश नम्बर १ की सांसद् उमिता बराइलीको प्रमुख आतिथ्यमा धरानको १५ नम्बर वडा बगरकोटस्थित क्षावेनाङज्यो शिङ्सा क्षोलिङ गुम्बा परिसरमा सम्पन्न भएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथी सांसद् बराइलीले यस समुदायले शुरूवात गरेको लक्ष्य लिएको गुम्बा निर्माण कार्यको लागि आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले सांसद विकास कोषबाट गुम्बाको लागि सात लाख रुपैयाँ विनियोजन गरेको बताइन् ।
शुभकामना आदानप्रदान कार्यक्रममा १५ नम्बर वडा समितिको अध्यक्ष नरेश इवारमले गुम्बा निर्माण भवन निर्माणको लागि आवश्यक सहयोग गरेको बताए । वडा समितिले गुम्बाको लागि दुई लाख र सामुदायिक भवनको लागि दुईलाख प्रदान गरिसकेको छ ।
नेकपा माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघाले गुम्बाको लागि पार्र्टीमार्फत् सक्दो पहल गरेको बताए । चालु आर्थिक वर्षमा गुम्बाको लागि अर्थ मन्त्रालयबाट अर्थमन्त्री जनार्दन शर्मामार्फत् ६० लाख स्वीकृत गरेको बताए । तर कारणबश ३० लाख रुपैयाँ मात्र सुनिश्चित भएको उनले बताए ।
कार्यक्रममा संखुवासभा जिल्ला शिङ्सा क्षेत्र भोटखोलाका समुदायको लागि स्वास्थ्य सेवा सहयोग पुरयाएको भन्दै बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका धरानका डेपुटी डाइरेक्टर विकास साहलाई सम्मान गरिएको छ । त्यसैगरी गुम्बा निर्माणको लागि १० हजारसम्म आर्थिक सहयोग गर्ने सुरज राई धरान–४, उद्धव लिम्बू धरान–११, अशोक राई धरान–११, धनकुमार राई धरान–५, पिम्बाछिरिङ भोटे भोटखोला ४ संखुवासभा, ङिमातेन्जिन भोटे भोटखोला २ संखुवासभालगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी गुम्बा र समाज भवन परिसरमा ३२ हजारको लागतमा खानेपानी धारा जडान गरिदिएको भन्दै गुम्बाका सचिव निमा पोङ्स्युवा र रिनेन लामालाई पनि सम्मानपत्र प्रदान गरिएको छ ।
गुम्बा निर्मानको लागि स्थानीय समाजसेवी सर्वजीत राईले २५ हजार रुपैयाँ दिने प्रतिबद्धता जनाए । त्यसैगरी कार्यक्रममा विभिन्न ब्यक्तिले गुम्बा निर्माण कार्यमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा अर्को वर्षदेखि एकजना पत्रकार लेखकलाई ५ हजार र संखुवासभा जिल्ला शिङ्सा क्षेत्र भोटखोलामा रहेका अरुणोदय माविमा अध्ययनरत दुईजना छात्रछात्रलाई ५–५ हजार छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको छ । आफ्नो स्वर्गीय बुबा छितेन पोङ्स्युवा र आमा भुटिक पोङ्स्युवाको नाममा अक्षयकोष स्थापनापछि सो पुरस्कार प्रदान गरिने भएको हो ।


