Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः साङ्लोमा बाँधिएका ९ वर्षीय बालकको उपचार हुने

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७८, शुक्रबार
अन्ततः साङ्लोमा बाँधिएका ९ वर्षीय बालकको उपचार हुने

बिर्तामोडः साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका-५ का नौ वर्षीय बालक आकाश चौधरीको उद्धार भएको छ ।
मेची अभियानले बालकको घरमै पुगेर उद्धार गर्दै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । अभियानका संयोजक विजय डालमिया नेतृत्वको टोली घरमा पुगरे आकाशको उद्दार गरेको युवा सामाजिक अभियन्ता कौशल भण्डारीले जानकारी दिए ।
बालकको बीपी प्रतिष्ठानका चिकित्सक सञ्जीव शर्मासहितको टिमले उपचार गर्ने प्रवन्ध मिलाइएको बताइएको छ । चिकित्सकको टोलीलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आग्रह गरेपछि उनको उपचारका लागि धरान लगिएको भण्डारीले जानकारी दिए ।
बालकको उपचार निःशुल्क हुने भएको छ । बालकलाई प्रतिष्ठानसम्म पु¥याउन नेपाल रेडक्रस सोसाइटी झापा शाखाले एम्बुलेन्स उपलब्ध गराएको सभापति लोकराज ढकालले बताए ।
आर्थिक अवस्था कमजोर हुँदा उपचार पाउनुपर्ने आकाशलाई केही महिना अघिदेखि साङ्लो बाँधेर राखिएको थियोे । उनमा अस्वाभाविक परिवर्तन आएपछि फलामे साङ्लोले बाँधेर राखिएको हो । घर छाडेर जतासुकै जाने, जे पायो त्यही खाने, अस्वाभाविक व्यवहार देखाउन थालेपछि आकाशलाई साङ्लोले बाँधेर राखेको बुबा सेवुलालले बताएका थिए ।आर्थिक अवस्था कमजोर भएका सोबुलाल दैनिक ज्याला मजदुरी गरेर गर्जो टार्दै आएका छन् ।

प्रकाशित मिति: फाल्गुन २० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend