Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरद्वारा महिला सम्मानित

हाम्रो कोशी आवाज
फाल्गुन २५ २०७८, बुधबार
धरान उपमहानगरद्वारा महिला सम्मानित

धरानः धरानमा ११२ औ नारी दिवसको अवसरमा विभिन्न क्षेत्रमा कार्यरत् महिलाहरु सम्मानित भएका छन् ।
अनेमसंघ क्रान्तिकारी र अखिल नेपाल ट्रेड युनियन महासंघ धरानको आयोजनामा भएको कार्यक्रममा १२ जना महिला मजदुरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सुमित्रा श्रेष्ठ (धरान–८, सेक्युरिटी गार्ड), सुर्जा तामाङ (धरान–८ सरसफाइ), बिञ्जु श्रेष्ठ (धरान–१५ सिटी सफारी चालक), गङ्गा लिम्बू (धरान–११ निर्माण मजदुर), सुष्मा राई (धरान–५ सिटी सफारी चालक), सुनिता केसी (धरान–११ सेल्स तथा पसल मजदुर), हेमा भुजेल (धरान–११ सेल्स तथा पसल मजदुर), बिनु राई (बिहानी) (धरान–१७ टेम्पो चालक), दिलकुमारी राई (धरान–१५ सफारी चालक)लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य सपना परियार रहेकी थिइन् भने विशेष अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला समिति सचिव लिला प्रधान रहेकी थिइन् । कार्यक्रमको अध्यक्षता अनेमसंघ क्रान्तिकारी धरानको संयोजक सोमा गिरीले गरेकी थिइन् ।
धरान उपमहानगरपालिकाद्वारा पनि सम्मान
यसैबीच ११२ औं नारी दिवसकै अवसरमा धरान उपमहानगरपालिका प्राङ्गणमा पनि महिला सम्मानित भएका छन् ।
धरान उपमहानगरपालिका र महिला सञ्जाल धरान उपमहानगर समितिको संयुक्त आयोजनामा उनीहरु सम्मानित भएका हुन् ।
ढाका व्यवसायी चौबिसे सङ्यक ढाका उद्योगकी सञ्चालिका यमुना सङ्यक, महिला अधिकारकर्मी सबिता राई, सामाजिक अभियन्ता जमुना त्रिखत्री मोक्तान, धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य गीता पाख्रिन, पहिलो महिला कम्प्युटर अपरेटर बिनादेवी तामाङ, उपमहानगरपालिकाकी महिला स्वास्थ्य स्वयंसेविका खेमकुमारी पौडेल, साथै स्वास्थ्य शिविर चलाएर रेकर्ड कायम गराउने नरेन्द्रकुमार चौधरीलगायतलाई सम्मान गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीलगायतले सम्मानपत्र, खदालगायतले सम्मान गरेका थिए ।

प्रकाशित मिति: फाल्गुन २५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend