धरानः च्याम्पियन्स लिग फुटबलमा स्टार खेलाडीले भरिएको पिएसजी अन्तिम १६ बाटै बाहिरिएको छ ।
बिहीबार बिहान सकिएको खेलमा स्पेनिस रियल म्याड्रिडसँग समग्रमा ३–२ गोलले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको हो । स्टार मेसी, एम्बाप्पे र नेयमार जस्ता खेलाडीले भरिएपनि पिएसजी दोस्रो लेगमा ३–१ ले पराजित भयो ।
३९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दा पिएसजी २–० ले अघि थियो । तर रियलका लागि करिम बेन्जमा नायक बने । उनले ६१, ७६ र ७८ मिनेटमा ह्याट्रिक गर्दै टिमलाई सानदार जित दिलाए । जितसँगै रियल क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो लेग १–० ले जितेको पिएसजी बाहिरिएको छ ।
एक गोलले पछि परेको अवस्थामा बेन्जेमाको ह्याट्रिकमा रियलले पुनरागमन जित निकालेको हो । जितसँगै रियलले क्वाटरफाइनलमा स्थान पक्का गर्दा पिएसजी भने राउन्ड अफ १६ बाट बाहिरिएको छ ।
एक गोलले पछि रहेको रियलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारयो । खेलको ६१औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । भिनिसियस जुनियरले दिएको पासमा बेन्जेमाले गोल गरेका थिए ।
खेलको ७६ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए।त्यसको दुई मिनेटमा पछि नै बेन्जेमा ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ को पुनरागमन जित दिलाए ।
बेन्जेमा च्याम्पियन्स लिगमा ह्याट्रिक पूरा गर्ने सबैभन्दा पाका खेलाडी पनि बने। उनले ३४ वर्ष ८० दिनको उमेरमा ह्याट्रिक प्रहार गरेका हुन् ।