धरानः नेकपा (एकीकृत समाजवादी) को धरान–५ मा वडा कमिटी गठन भएको छ ।
भेलाले दिलकुमारी लिम्बूको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा रत्नमाया तामाङ, सचिवमा अस्मिता वनेम, उपसचिवमा महानन्द लिम्बू रहेका छन । वडा भेलाबाट गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई धरान अध्यक्ष रेवतीरमण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै पार्टीको झण्डा र माइन्युट हस्तान्तरण गरेका थिए ।
भेलामा धरान उपमहानगर कमिटीका उपाध्यक्ष पदमा सुब्बा, सचिव खेमराज दाहाल, उपसचिव स्वर्णिमहाङ फम्बो, जिल्ला सदस्यहरु लोकनाथ निरौला, नन्द सिह श्रेष्ठ, सूर्य राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपसचिव अमृता रमदानले धरानका सवै वडामा पार्टी र जनवर्गीय संगठनका वडा तथा टोल कमिटी बनाउने अभियानलाई अझ प्रभावकारी बनाउँदै उपमहानगर क्षेत्रमा न्युनतम ५ हजार पार्टी सदस्य बनाउने लक्ष्य लिएर जनतामाझ पुगेको बताइन् ।

नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सुनसरीको धरानमा पार्टी संगठनका बारेमा चासो दिएपछि धरानका नेकपा एसका नेता कार्यकर्ताहरुले सशक्त संगठन निर्माण अभियान व्यापक बनाउन थालेका छन् ।