Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१४ वर्षपछि युनाइटेडका लागि रोनाल्डोको हयाट्रिक

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७८, आइतबार
१४ वर्षपछि युनाइटेडका लागि रोनाल्डोको हयाट्रिक

धरानः इंग्लिस प्रिमियर लिग फुटबलामा म्यानचेस्टर युनाइटेडले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ।
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डाको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। टोटनह्यामका लागि ह्यारी केनले पेनाल्टीमा गोल गर्दा अर्को गोल उपहार पाएको थियो ।
खेलको १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । खेलको ३५औं मिनेटमा युनाइटेडका एलेक्स टेलेस पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि टोटेनहमले पेनाल्टी पाएको थियो। केनले उक्त पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

पुनः खेलको ३८औं मिनेटमा जेडन सान्चोको पासमा रोनाल्डोले बराबरी गोल गरे। यस गोलसँगै रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडीसमेत बने। १४ वर्षपछि म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डोले ह्याट्रिक गरेका हुन् ।
खेलको ७२औं मिनेटमा पाहुना टोली पुनः बराबरीमा आयो। रेगुइलोनको क्रसमा मगाएरको क्लिअर गर्ने प्रयास सिधै गोल भएको थियो। ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई जित दिलाए। टेलेसको कर्नरमा रोनाल्डोले गोल गरेका थिए। १४ वर्षपछि म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डोले ह्याट्रिक गरे।
जितसँगै २९ खेलमा ५० अंक जोडेको युनाइटेड चौथो स्थानमा उक्लिएको छ। २७ खेल खेलेको टोटनहम भने ४५ अंकका साथ सातौं स्थानमै रोकियो। शनिबार राति नै भएको खेलमा लिभरपुलले ब्राइटन तथा ब्रेन्टफोर्डले बर्नलीलाई समान २–० ले पराजित गरेका छन् ।

प्रकाशित मिति: फाल्गुन २९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend