Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१२ वर्षपछि पनि रोनाल्डो रित्तो हात फर्किँदा…

हाम्रो कोशी आवाज
चैत्र २ २०७८, बुधबार
१२ वर्षपछि पनि रोनाल्डो रित्तो हात फर्किँदा…

धरानः सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिड छोडेयता पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दुई क्लब फेरिसके ।
च्याम्पियन्स लिग जित्नकै लागि उनी इटालियन क्लब युभेन्ट्स गए । त्यहाँ उनको च्याम्पियन्स लिगको यात्रा क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेन । यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किँदा पनि रोनाल्डोको लक्ष्य च्याम्पियन्स लिग नै जित्नु थियो । तर, उनको टोली गएराति स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिइसकेको छ ।
यससँगै युनाइटेड र रोनाल्डो यो सिजन सबैखाले प्रतियोगिताको उपाधि जित्नबाट बाहिरिएका छन् । रोनाल्डो १२ वर्षपछि पहिलोपटक उपाधिविहीन बनेका हुन् ।
युभेन्ट्समा तीन सिजन बिताउँदा रोनाल्डोले दुई–दुईपटक सिरी ए र इटालियन सुपर कप तथा एकपटक इटालियन कप जितेका थिए । तर, यसै सिजन युनाइटेड आएका रोनाल्डो उपाधिविहीन हुन पुगेका छन् ।

प्रकाशित मिति: चैत्र २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend