धरानः धरानमा पत्रकारहरुले अर्गानिक बेसारसँगै होली खेलेका छन् ।
नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष तथा फाष्ट टाइम्स दैनिकका सम्पादक केशव घिमिरेले केही हप्ताअघि बराहक्षेत्र–२ सुनसरीमा सञ्चालनमा ल्याएका छन् । सो उद्योगको ‘प्रमोट’ साथै उनले नै होलीको अवसरमा सो कार्यक्रम राखेका थिए । कार्यक्रममा धरानका अधिकांश पत्रकारहरुको उपस्थिति थियो । उनीहरुले यसपटकको होली ‘बेसारे होली’ भएको र रमाइलो समेत भएको बताएका छन् ।
अग्रज पत्रकार हर्ष सुब्बाले रङ्गमा केमिकल मिसाएर कहिल्यै अर्गानिक नहुने बताउँदै आफ्नै देशमा उत्पादित बेसार लगाएर होली खेल्दा फाइदा हुने धारणा राखे ।
यस्तै, कार्यक्रममा अग्रज पत्रकार भवानी बराल, धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, अग्रज पत्रकार महेश श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषी राई, धरानस्थित कृषि बजार उपजस्थलका व्यवस्थापक लक्ष्मण भट्टराई लगायतको समेत उपस्थिति थियो । एमकेजी ग्रुपले सो बेसार उत्पादन थालेको पूर्व अध्यक्ष घिमिरेले जानकारी दिए ।



















