Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः मानिसको आयु बढाउन सकिने सम्भावना बलियो

हाम्रो कोशी आवाज
चैत्र १२ २०७८, शनिबार
नयाँ अध्ययनः मानिसको आयु बढाउन सकिने सम्भावना बलियो

धरान (एजेन्सी): दशकौंदेखि वैज्ञानिकहरू मानव शरीरलाई बुढ्यौली हुनबाट रोक्ने उपायको खोजीमा लागिरहेका छन् । केही वैज्ञानिकहरू मानिसको बितेको जीवन कहिल्यै फर्काउन नसकिने बताउँछन् । तर, केहीले भने आगामी २० वर्षभित्रमा बुढ्यौली रोक्ने उपाय पत्ता लगाइसक्ने दाबी गर्छन् ।
यस्तो दाबी साहसिक देखिन सक्छ । तर बुढ्यौली रोक्ने एउटा नयाँ सप्लिमेन्टले वैज्ञानिकहरूले सोचिए भन्दा पहिलै लक्ष हासिल गर्न सक्ने देखिएको छ । बेलोर कलेज अफ मेडिसिनका मेडिसिन-एन्डोक्रिनोलोजीका सहायक प्राध्यापक डा. राजागोपाल विश्वनाथ शेखरले ’माइटोकोन्ड्रिया’ले बुढ्यौलीलाई मन्द पार्न महत्वपूणर् भूमिका निभाउनसक्ने बताएका छन् । डा. शेखर बुढ्यौलीविरुद्धको नयाँ सप्लिमेन्ट अध्ययनका वरिष्ठ लेखक हुन् । त्यो सप्लिमेन्टले मुसाको आयु चौबिस प्रतिशतले बढाउन मद्धत पुर्‍याएको छ ।
डा. शेखर भन्छन्, ‘बुढ्यौली बढ्नु पछाडि दुईवटा मुलभूत त्रुटि छन् । पहिलो हाम्रो शरीरको माइटोकोन्ड्रिया निष्कृय हुनु हो । अर्को हो, आक्सिडेटिभ तनाव बढ्नु । बढ्दो चिन्ता वा तनावले मानव शरीरका माइटोकोन्ड्रियालगायत कोषहरूका अन्य भागलाई पनि हानि पुर्‍याउँछ ।’
डा. शेखर र उनका सहकर्मीहरूले परीक्षण गरेको बुढ्यौली रोक्ने सप्लिमेन्टले शरीरमा ग्लुटाथाइयोन घटाएर यी समस्याहरू रोकेको पाइएको छ । ग्लुटाथाइयोन कोषहरूमा पाइने प्राकृतिक एन्टिअक्सिडेन्ट हो । यो एन्टिअक्सिडेनटले शरीरलाई अक्सिडेटिभ तनावलगायत पारो र अन्य विषाक्त धातुहरूबाट जोगाउने गर्दछ ।
उमेर बढ्दै जाँदा मानव शरीरमा ग्लुटाथाइयोनको मात्र घट्दै जान्छ । त्यस्तो अवस्थामा हाम्रो शरीरले थप अक्सिडेटिभ तनाव महसुस गर्छ भने माइट्रोकोन्ड्रियाले पनि राम्ररी काम गर्न छोड्छ । त्यसैले उमेर चढ्दै जाँदा हाम्रो शरीर बाँच्नका लागि आवश्यक गम्भीर श्रोतहरू बनाउन कम सक्षम हुन्छ । त्यसपछि हाम्रो शरीरले साइड इफेक्टहरू महसुस गर्न थाल्छ । तिनीहरू नै बुढ्यौलीका सामान्य लक्षण बन्छन् ।
यस अध्ययनको उद्देश्य नै हामी बुढो हुँदा पनि शरीरलाई ती स्रोतहरू बनाउन दिइरहनु हो । डा. शेखर र उनका सहकर्मीहरूले ‘ग्लाइन्याक’ नामक सप्लिमेन्ट प्रयोग गरेर मुसाहरूको ग्लुटाथाइयोन त्रुटिमा सुधार ल्याएर तिनीहरूको आयु बढाउन सफल भएका छन् ।
ग्लाइन्याक एक प्रकारको एमिनो एसिड ’ग्लाइसिन’ र औषधि एन-एसिटिरस्टिइनको मिश्रण हो । तर डा. शेखरले ग्लाइन्याकलाई मानवका लागि बुढ्यौली रोक्न प्रयोग गरिनुअघि यसको अझै धेरै परीक्षण गर्न बाँकी नै रहेको बताएका छन् ।

प्रकाशित मिति: चैत्र १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend