Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा माओवादीलाई स्थानीय चुनाव लाग्यो

हाम्रो कोशी आवाज
चैत्र १३ २०७८, आइतबार
धरानमा माओवादीलाई स्थानीय चुनाव लाग्यो

धरानः धरानमा नेकपा माओवादी केन्द्रलाई चुनाव लागेको छ । अहिले केन्द्रले गाउँ, टोल अभियानलाई तीब्रता दिँदै अघि बढिरहेको छ ।
धरानका अधिकांश वडामा आफ्नै वडाध्यक्ष उठाउने तयारीमा माओवादी केन्द्र लागेको जिल्ला सह–इन्चार्ज अइन्द्रविक्रम बेघाले जानकारी दिए । ‘धरानमा माओवादीले सशक्त उपस्थिति जनाउनेछ, हाम्रो पार्टीकै भरमा निर्वाचन प्रक्रियामा सहभागी हुने र विजय हासिल गर्ने लक्ष्यमा राखेका छौं’, उनले भने, ‘राष्ट्रिय आवश्यकता महसुस भएमा मात्रै हामी गठबन्धनको मानसिकतामा अघि बढ्छौं ।’
गठबन्धन नभएपनि धरानका २० वडामध्ये ५० प्रतिशत वडामा माओवादीले जित्ने दावी गर्दै उनले भरसक एक्लै भएपनि चुनाव लड्ने दाउमा केन्द्र रहेको बताए । ‘खासमा अहिले पनि हाम्रो हिसाब–किताबले के भन्छ भने ५० प्रतिशत वडामा हामीले चुनाव जित्छौं, त्यसका लागि हामी आन्तरिक तयारीमा छौं,’ उनले थपे, ‘
मेयर, उपमेयर
उनले धरानमा मेयर र उपमेयरबारे पनि पार्टीले सोचिसकेको बताएका छन् । ‘अहिले पनि मेयर र उपमेयरका लागि थुप्रै आकाङ्क्षी छन्’, उनी भन्छन्, ‘समाज र पार्टीको नेतृत्व गरेको व्यक्तिलाई पार्टीले साझा उम्मेद्वारका रुपमा अघि सार्छ ।’
खानेपानी र सुकुम्बासीको मुद्दा लिएर जनतामाझ जाने
केन्द्रले धरानमा जल्दोबल्दो खानेपानीको मुद्दालाई अघि सार्दै जनतामाझ पुग्ने जनाएको छ । उनका अनुसार धरानमा खानेपानीको समस्या कहिल्यै सुल्झिएको छैन । ‘खानेपानी आयोजना आएपनि सफलता र असफलताको प्रश्न उठिरहेका छन्, लक्ष्य र उद्देश्यअनुसार खानेपानी आउन सकेको छैन’, उनले थपे, ‘साँच्चै खानेपानी आयोजनाले पनि पानी खुवाउन नसक्ने हो भने अब अर्को पुरक योजना अघि सारेर भएपनि धराने जनतालाई पानी खुवाउनुपर्छ ।’
यस्तै, केन्द्रले सुकुम्बासीको समस्यालाई लिएर पनि जनतामाझ पुग्ने योजना अघि सारेको उनले बताए । ‘ म पनि अघिल्लो निर्वाचनमा उम्मेद्वार बन्दा सुकुम्बासीलाई धनीपुर्जा वितरण गरिनेछ भन्दा खिल्ली उडाइएको थियो । ‘तर माओवादी लागेर मात्रै सुकुम्बासीहरुको समस्या समाधान हुनेछ’, उनले भने ।
उनका अनुसार सेउती, सर्दुको किनारामा बसोबास गर्ने सुकुम्बासी र वस्तीलाई व्यवस्थित गरिनेछ । ‘सडक निर्माण गर्दा वस्ती नउठाइ व्यवस्थित गरिनेछ’, उनले भने ।
धरानका यी वडामा वडाध्यक्षको दावी
धरान-१९ मा प्रतिमा तामाङ, ललित लिम्बूलाई वडाध्यक्षमा अघि सार्ने तयारीमा माओवादी केन्द्र लागेको युवा नेता सन्त तेम्बे बताउँछन् । यस्तै, धरान–५ मा धनकुमार राई, धरान–१५ मा सुवास खवास, धरान–११ मा जीतराज राईलाई अघि सार्ने तयारीमा माओवादी केन्द्र रहेको उनी बताउँछन् । धरानका यी वडामा धेरैमा माओवादी केन्द्र दोस्रो बनेको थियो भने केही वडामा तेस्रो समेत भएको थियो । २०७४ को निर्वाचनमा यी वडामध्ये अधिकांशमा एमालेले जीत हासिल गरेको थियो । त्यसमध्ये धरान–१९ मा एमालेले ६ सय ५२, कांग्रेसले ५ सय ४६ र माओवादी केन्द्रले ४ सय ६० मत ल्याएर तेस्रो बनेको थियो ।
धरान–१९ ले चुनावी घोषाणापत्र नै ल्यायो
तेम्बेका अनुसार धरान–१९ मा माओवादी केन्द्रले चुनावी घोषणापत्र नै तयारी गरिसककेको छ । उनका अनुसार चुनावी घोषणापत्र धरान–१९ का बासिन्दालाई सहजरुपमा पानी खुवाउने । ‘धरान–१९ मा माओवादीले जिते पाँच वर्षभित्रमा वडाभरी वालछेल पानी पार्छौं’, उनले थपे, ‘धरान–१९ हरियाली सामुदायिक वनको बाटो हुँदै पुग्ने पञ्चायनको पानी पम्पिङ गरेर पानी खुवाउने घोषणापत्र बनाउनेछौं ।’

प्रकाशित मिति: चैत्र १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend