Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ का ४७ जना कांग्रेसमा प्रवेश

हाम्रो कोशी आवाज
चैत्र १९ २०७८, शनिबार
धरान-१५ का ४७ जना कांग्रेसमा प्रवेश

धरानः धरान उपनगरपालिका वडा नं. १५ को शिवगंगा वस्ती बगरकोटमा नेपाली कांग्रेस पाटीको टोल कमिटी गठनसँगै पाटी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस धरान उपमहानगरपालिका धरान १५ का वडा सभापति डम्बर गुरुङको अध्यक्षमा भएको टोल कमिटी गठन कार्यक्रममा प्रमुख अतिथी प्रदेश १ क का सचिव युवराज शंकर रहेका थिए ।
शिवगंगा टोल कमिटीमा कृष्ण राईको संमयोजकमा २० सदस्य टोल कमिटी गठन भएको छ । एमालेलगायत विभिन्न पाटी परित्याग गरी सन्दीप राईको संयोजकत्वमा ४७ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पाटीको उम्मेद्वारलाई विजय गराउन शिवगंगा बस्तीबासी लाग्ने नवनियुक्त संयोजक कृष्ण राई ले बताए । कार्यक्रम सञ्चालन गजेन्द्र लिम्बूले गरेका थिए ।

प्रकाशित मिति: चैत्र १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend