Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आए मुख्यमन्त्री राई

हाम्रो कोशी आवाज
चैत्र १९ २०७८, शनिबार
धरान आए मुख्यमन्त्री राई

धरानः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई धरानस्थित धरान मेघा–हिमालयन कलेजमा आयोजित खेलकुद कार्यक्रमको समापन अवसरमा धरान आइपुगेका छन् ।
शनिबार धरानमा आयोजित स्व. रेवाहाङ राई स्मृति अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको समापन कार्यक्रममा उनी प्रमुख अतिथिका रुपमा उनी यहाँ आएका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले खेलकुद विकासमा प्रदेश सरकार गम्भीर भएको बताएका छन् । उनले चाँडै प्रदेश खेलकुद विकास बोर्ड बनाएर खेलकुदका गतिविधिलाई तीब्ररुपमा अघि बढाउने बताए । ‘बोर्ड गठन नभएका कारण खेल गतिविधी हुन सकिरहेको छैन’, उनले भने, चाँडै नै बोर्ड गठन गरेर खेलकुद गतिविधि गर्नेछौं ।’
उनले रेवाहाङ राईको सम्झनामा उनका बुबा रेवतीरवण राई र माता सुजता राईले कोष निर्माण गरिदिएर बास्केटबल खेलका लागि योगदान दिएकोमा धन्यवाद दिए । उनले स्व. रेवाहाङ राई स्मृति अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको आगामी वर्ष प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने पनि आश्वासन दिएका थिए । तस्वीरः विकास चाम्लिङ

प्रकाशित मिति: चैत्र १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend