सुनसरीः धरान उपमहानगरपालिकामा एमालेले स्थानीय निर्वाचनका लागि मेयर र उपमेयरका उम्मेदवार सिफारिस गरेर पठाएको छ ।
यसपटक मेयरकै लागि पनि ११ जना आकाङ्क्षी देखिएको धरान नगर अध्यक्ष हर्कजङ्घ एभेङले जानकारी दिए । उनका अनुसार ११ जना मेयर र ६ जना उपमेयरको नाम सिफारिस गरेर जिल्ला पठाइएको जानकारी दिए ।
जिल्लामा सिफारिस हुनेहरुमा मेयरका लागि मञ्जु भण्डारी, मनोज मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतीराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की, मिन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तिर्थ मास्केको नाम सिफारिस भएको छ ।
यस्तै, उपमेयरमा सविता चाम्लिङ राई, लहरुमाया जिमी, पदम इस्वो, इन्द्रकला राई, लिला राई, सुशिला पहाडीको नाम सिफारिस भएको छ । मेयर उपमेयरको लागि जिल्ला, प्रदेशले नाम काँटछाट गरेर केन्द्रको सचिवालयमा पठाउने र उसैले निर्णय गर्ने जनाइएको छ ।
यस्तै, धरानका २० वटै वडाको जनप्रतिनिधिको लागि पनि बैठक बसिरहेको र भोलिसम्ममा सबैको नाम आइसक्ने अध्यक्ष एभेङले जानकारी दिए ।