Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा युवा तथा तरुण निर्वाचन मूल परिचालन समिति गठन

हाम्रो कोशी आवाज
चैत्र २९ २०७८, मंगलबार
धरानमा युवा तथा तरुण निर्वाचन मूल परिचालन समिति गठन

धरानः नेपाल तरुण दल धरान उपमहानगर समितिले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावलाई लक्षित गरी युवा तथा तरुण निर्वाचन मूल परिचालन समिति गठन गरिएको छ ।
युवा तथा तरुण निर्वाचन मूल परिचालन समितिमा संयोजक हिमाल श्रेष्ठ, सहसंयोजकमा नरसिंह राई, एकराज शंकर र रामकुमार तामाङ, सदस्य सचिव मनोहर श्रेष्ठ, सहसचिव प्रज्वल श्रेष्ठ रहेका छन् ।
युवा तथा तरुण मूल परिचालन समितिले २०५ सदस्य गठन गर्नुका साथै वडा नं. १ देखि २० वडासम्मै युवा तथा तरुण निर्वाचन परिचालन समितिको संयोजक समेत तोकिएको संयोजक हिमाल श्रेष्ठले बताए ।

प्रकाशित मिति: चैत्र २९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend