Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जनता समाजवादी पार्टीद्वारा ११२१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा

हाम्रो कोशी आवाज
बैशाख ५ २०७९, सोमबार
धरानमा जनता समाजवादी पार्टीद्वारा ११२१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा

धरानः आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले केन्द्रीय सदस्य भीम राईको संयोजकत्वमा ११ सय २१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरेको छ ।
धरान–१५ चुम्लुङ हिममा केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीको प्रमुख आतिथ्यमा सोमबार सो समिति घोषणा गरिएको हो । आगामी स्थानीय तह निर्वाचनलाई सफल बनाउन भन्दै धरानमा रहेका पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश समिति सदस्यहरु, राष्ट्रिय समिति सदस्यहरु, जिल्ला समिति सदस्यहरु, नगर समिति, युवा समिति, विद्यार्थी समितिहरु निर्वाचन परिचालन समितिमा रहने नगर अध्यक्ष ताजुप लिम्बूले जानकारी दिए ।
घोषणा सभामा बोल्दै प्रमुख अतिथी युवराज कार्कीले चुनाव पार्टीको लागि उत्सव भएको बताए । पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक भीम राईले गठबन्धनका अगाडि एमालेले चुनाव जित्छु भन्ने सपना नदेख्दा हुने बताए ।
केन्द्रीय सदस्य दीपक मेन्याङ्बो जनता समाजवादी पार्टीले पार्टीमा स्वच्छ छवि भएका सबै नेता कार्यकर्ता रहेको दाबी गरे । केन्द्रीय समिति सदस्य तथा शिल्पी विशेष प्रदेश समिति अध्यक्ष दलमर्दन कामीले देशमा सबै जाति समुदाय रहेको भन्दै समानुपातिक समावेशीमा खस आर्यसहितको शिल्पी दलितको पनि समान सहभागिताको रहनुपर्छ भनेर आवाज उठाएको बताए ।
केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लावतीले जनता समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा अघि बढेको बताए । किरात राष्ट्रिय समिति सचिव मानभगत चाम्लिङ धरानमा गठबन्धनको कुरा उठिरहेको छलफल भइरहेको भन्दै गठबन्धन नभए पनि जनता समाजवादी पार्टी एक्लै भए पनि चुनावमा जाने बताए । घोषणा सभामा नगर अध्यक्ष ताजुप लिम्बूको अध्यक्षता भएको थियो । सचिव सम्भु राई पृथकले सञ्चालन गरेको घोषणा सभामा उपाध्यक्ष विणापुमा राईले स्वागत मन्तव्य दिएकी थिइन् ।

प्रकाशित मिति: बैशाख ५ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend