Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा वीर गोर्खा पत्रकारिता पुरस्कार सुब्बा, राई र सुवेदीलाई दिइने

हाम्रो कोशी आवाज
बैशाख ५ २०७९, सोमबार
धरानमा वीर गोर्खा पत्रकारिता पुरस्कार सुब्बा, राई र सुवेदीलाई दिइने

धरानः गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पाउने तिन जना पत्रकारको नाम सार्वजनिक गरेको छ ।
सोमबार धरान–१८ रत्न चोकस्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गरी वीर गोर्खा पत्रकारिता पुरस्कार निलिफा सुब्बा र अर्जुन सुवेदीलाई दिइने जानकारी दिएको हो । यस्तै, वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पारस राईलाई दिइने घोषणा गरेको छ । वीर गोर्खा पत्रकारिता पुरस्कारको राशी जनही २५–२५ हजार रुपैयाँ रहेको छ भने वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।
सेन्टरका प्रबन्ध निर्देशक प्रेमकुमार राईले गोर्खा भर्तीमा हुने गरेका अनियमितता तथा दलाल प्रवृत्तिविरुद्ध कलम चलाउने पत्रकारहरूलाई सम्मान गरिन लागिएको बताए । उनले अन्यायविरुद्ध साहसका साथ कलम चलाउने, गोर्खाको इतिहास र देश निर्माणमा गोर्खाहरूले पुरयाएको योगदान एवम् सामाजिक क्षेत्रमा गोर्खाहरूको सक्रियतालाई उजागर गर्ने, सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई सम्मानस्वरूप गत वर्षदेखि पुरस्कार प्रदान गरिदै आएको बताए । यो पुरस्कार २०७९ साउन महिनामा साँस्कृतिक कार्यक्रमको आयोजना गरी प्रदान गरिने समेत उनले जानकारी दिए । उनले वीर गोर्खा पत्रकारिता र नवप्रतिभा पत्रकारिता पुरस्कारको राशीमा ब्रिटिस आर्मीमा कार्यरत कप्रोल मण्डल थेवे र बहराइन आर्मीमा कार्यरत मविन राईको समेत सहयोग रहेको बताए ।
सेन्टरले गत वर्षदेखि प्रेस युनियन धरान नगरसमितिको सहकार्य तथा नेपाल पत्रकार महासंघ सुनसरीको सहयोगमा पुरस्कार वितरण गर्दै आईरहेको छ । पत्रकार सम्मेलनमा सेन्टरका प्रबन्ध निर्देशक राईले नेपाल पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईको बुबाको स्मृतिकोषका लागि नगद २० हजार रुपैयाँ प्रदान गरेका थिए । -समाचारको शीर्षकमा ‘सुवेदी’ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

प्रकाशित मिति: बैशाख ५ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend