Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ मा माओवादी केन्द्रको ३ सय १ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा

हाम्रो कोशी आवाज
बैशाख ६ २०७९, मंगलबार
धरान-१५ मा माओवादी केन्द्रको ३ सय १ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा

धरानः धरान–१५ मा माओवादी केन्द्रको ३ सय १ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको छ ।
नेकपा माओवादी केन्द्र धरान–१५ को सोमबार एक कार्यक्रमका बीच ३ सय १ सदस्यीय १५ नम्बर वडा निर्वाचन परिचालन समिति घोषणा भएको हो ।
पार्टीका धरान नगर सह–इन्चार्ज दिलबहादुर रामदामले प्रदेस नम्बर १ का सदस्य एवम् सुनसरी जिल्लाका सह–इञ्चार्ज अइन्द्रविक्रम बेघाको संयोजकत्वमा समितिको घोषणा गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी पार्टीका केन्द्रीय सदस्य किरण राईले धरान–१५ स्थित श्यामचोकमा रिवन काटेर निर्वाचन परिचालन समिति कार्यालयको उद्घाटन गरेका थिए ।
एकछाक मासुभात, बियर, रक्सी र पैसामा आफ्नो अमूल्य मत नसाट्न प्रमुख अतिथी राईले आग्रह गरे । जनताको पार्टी माओवादी भएको बताउँदै आगामी बैशाख–३० गते हुने स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वारलाई जिताउन समेत राईले आग्रह गरे ।
धरानको खानेपानीको विषयमा धेरैले कुरा उठाउँछन् तर कुरा उठाएर मात्र हुँदैन त्यसको समाधान खोज्नु ठूलो कुरा भएको नेता राईले बताए । उनले भने, ‘कोशीको पानी खुवाउने कुरा बोलेर मात्र हुँदैन, त्यसलाई व्यवहारिकरुपले हेर्दा प्राविधिक कुराहरु के के हुन् गहिरिएर अध्ययन गरेर मात्र कुनैपनि पार्टीका नेताले बोले हुन्थ्यो जनतालाई भ्रममा पार्नु हुँदैन ।’
पार्टीका १ नम्बर प्रदेश समितिका सदस्य एवम् १५ नम्बर वडा निर्वाचन परिचालन समितिका संयोजक बेघाले विचार, सिद्धान्त र आदर्शका कारण काङ्ग्रेस–माओवादी मिलेको नभई संविधान र ब्यवस्थाको रक्षा गर्न गठबन्धन भएको बताए । यो कुरालाई काङ्ग्रेस माओवादी मिलेको भनेर भ्रममा नपर्न नेता बेघाले आग्रह गरे ।
संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्नका लागि पनि माओवादीलाई जिताउनुपर्ने नेता बेघाको जिकिर थियो । त्यस्तै, आगामी बैशाख–३० गते हुने स्थानीय तहको चुनावमा निर्धक्क भएर नेकपा माओवादीलाई मतदान गर्न माओवादी केन्द्र १५ नम्बर वडाका अध्यक्ष सुवास खवासले आग्रह गरे ।
कार्यक्रममा पार्टीका नेताहरु अशोक राई, खेम रनपहेली, राजेन्द्र किराती, वाइसीएलका पूर्व केन्द्रीय सदस्य पूर्ण भुजेल (चिन्तन), वाइसिएल धरानका अध्यक्ष नवीन केसी, पार्टी निकट नेपाल बुद्धिजीवी सङ्गठन धरानका अध्यक्ष तिलक कालिकोटेलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन १५ नम्बर वडाका सचिव डिकबहादुर तामाङ (सन्जय) ले गरेका थिए ।

प्रकाशित मिति: बैशाख ६ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend