Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राजेशपायलद्वारा ‘चोलुङ पार्क’ सार्वजनिक (भिडियोसहित)

हाम्रो कोशी आवाज
बैशाख ८ २०७९, बिहिबार
राजेशपायलद्वारा ‘चोलुङ पार्क’ सार्वजनिक (भिडियोसहित)

धरानः गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रहेको ‘चोलुङ पार्क’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोमबार नखिपोट–ललितपुरको युङ्चा हीम रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गायक राजेश पायल राईले सो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
पेसल माबोहाङको शब्द र सञ्जय तुम्बाहाङफेको सङ्गीत रहेको गीतको भिडियोमा मुख्य कलाकारको रुपमा समाजसेवी तथा व्यवसायी त्रिभुवन लुम्फुङवा लिम्बू र सोना पालुङवा रहेका छन् । विगत लामो समयदेखि हङकङमा कार्यरत् तथा गीतकारसमेत रहेका त्रिभुवन लुम्फुङवा लिम्बूले यसै गीतबाट कलाकारिताको यात्रा तय गरेका छन् ।

तरुण युुवायुवतीको पहिलो भेट मायामा परिणत भई विवाहको मगनीसम्म भएको कथावस्तु समेटिएको यस भिडियोले दर्शकस्रोताको मन जित्ने कुरामा आफू विश्वस्त रहेको भिडियोका निर्देशक तथा छायाँकार भुपेन्द्र तुम्बाहाङफेले बताए ।
थैली इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यस भिडियोमा सहायक कलाकारको रुपमा संगीता लावती, विष्णु मोक्तान, टीआर सेनेहाङ, रविकिरण लिम्बू, फिपराज थुलुङ, ऋतुराज लिम्बू, दुर्गा तेयुङलगायत छन् भने दिनेश माङमुको सहायक निर्देशन, कृष्ण सुवेदीको श्रृङ्गार रहेको छ ।
भिडियो निर्माणका लागि किराँत याक्थुङ चुम्लुङ हङकङका उपाध्यक्ष शेरबहादुर लक्साम्बा, हङकङ तेह्रथुम मञ्चका उपाध्यक्ष हिम सिंगक, चलचित्र निर्माता पृथ्वी इङनाम र किराँत याक्थुङ चुम्लुङ हङकङका सदस्य रेजीन साँवाले सहयोग गरेका छन् । म्युजिक भिडियोको छायाङ्कन तेह्रथुमको पर्यटकीयस्थल चोःलुङ पार्क, तीनजुरे , संखुवासभाको गुफापोखरीलगायतका क्षेत्रमा गरिएको छ ।

प्रकाशित मिति: बैशाख ८ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend