धरानः निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि धरानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
धरानस्थित पब्लिक हाइस्कुलको प्राङ्गणमा रहेको प्राविधिक भवन छेऊमा कार्यालय स्थापना भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सो कार्यालयको उद्घाटन गरेका छन् । निर्वाचन अधिकृत पुष्करराज नेपालले अब निर्वाचन अयोगले तयार गरेको कार्यतालिका निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढ्ने बताए । त्यस्तै, उनले निर्वाचन आचारसंहिता पालना भए नभएको पनि जाँचबुझ गर्ने जानकारी दिए ।
कार्यालयमा ९–१० जना कर्मचारीको जनशक्ति रहने व्यवस्था आयोगले गरेको र सोहीअनुसार नै जनशक्ति रहेको उनले जानकारी दिए । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते उम्मेद्वारको मनोनयन दर्ताको कार्यक्रम राखेको छ ।