धरानः शिवहरि पौड्यालद्वारा निर्माण तथा निर्देशन गरेको चलचित्र ‘लक्का जवान’ बैशाख २३ देखि प्रदर्शन ल्याइने धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
शुकबार धरानस्थित ह्वाइट हाउस कलेजमा आयोजित पत्रकार सम्मेलनका लागि आइपुगेका कलाकारहरुले सो जानकारी दिएका हुन् ।
आमा बङ्गलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा किरण केसी, अन्सुया श्रेष्ठ, शिवहरि, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँको लगानी रहेको छ ।
वैशाख २३ गते प्रदर्शन हुने फिल्म ‘लक्का जवान’ मा सरोज खनाल, प्रियङ्का कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा शिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामालगायतको अभिनय छ । यात्रा फरक भएपनि गन्तव्य सबैको एउटै हो भन्ने सन्देशसहितको ट्रेलर कमेडीले भरिपूर्ण छ ।
चलचित्र लक्का जवान रोमान्टिक, सिरियस र आँखाभरी आँसु आउने खालको रहेको निर्देशक पौडेलले जानकारी दिए । पत्रकार सम्मेलनमा प्रदेश नम्बर १ का चलचित्र निर्माण सङ्घका अध्यक्ष अरुणकुमार प्रधान समेत उपस्थित थिए । उनले नेपालभर सम्पूर्ण हलहरुमा एक स्वरले भारतीय फिल्महरुलाई निरुत्साहित गर्ने पर्ने बताए ।
