धरानः धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारीले पदबाट राजीनामा दिएकी छिन् ।
बैशाख ३० गते हुने चुनावमा नेकपा एमालेबाट उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारीको टिकट पाएकी उनले राजिनामा दिएकी हुन् ।
अपराह्न उपमहानगरपालिकामा मेयर तिलक राईलाई उनले राजीनमा दिइसकेकी छिन् । निर्वाचन नियमावली अनुसार उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दा पदबाट राजीनामा दिएको निस्सासहित उपस्थित हुनुपर्ने प्रावधान छ ।