Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बालबालिकाले बाटोमा दलको झन्डा भेटेपछि…

हाम्रो कोशी आवाज
बैशाख १२ २०७९, सोमबार
धरानमा बालबालिकाले बाटोमा दलको झन्डा भेटेपछि…

धरानः धरान–१२ स्थित चतरालाइन सोमबार १० बजेदेखि अपराह्न ५ बजेसम्म व्यस्त नै रह्यो । कारण थियो– धरानका मुख्य दलहरुको उम्मेद्वारी दर्ता र त्यहाँ ठूला दलका नेता, कार्यकर्ताको ओहोरदोहोर ।
पब्लिक हाइस्कुलको मैदान परिसरमा रहेको भवनमा निर्वाचन अधिकृतको कार्यालय छ । त्यहाँ दलका उम्मेद्वारहरु उम्मेद्वारी दर्ताका लागि पुगेका थिए । नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी (एस)को गठबन्धन, नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रजातन्त्र पार्टी नेपाल, स्वतन्त्रलगायतबाट उम्मेद्वार बनेका मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य, नेता कार्यकर्ताको भीडले सो स्थान व्यस्त बनेको थियो ।
दिनभरी व्यस्त रहेको चतरालाइन साँझपख भने व्यस्त रहेन । रयालीसहित चुनाव चिह्न अङ्कीत झन्डा बालबालिकाले भेटेको पाइयो । केही बालबालिकाले झन्डा बोकेर नारा लगाउँदै गरेको पनि भेटियो । नाराचाहिँ थियो- आफ्नै पाराको अर्थात् बाल मस्तिष्कले जति बुझ्यो त्यति । दिनभरी दलका नेताहरुको चर्को नाराबाजी सुनेर होला उनीहरुले पनि साँझ अबेरसम्म नारा लगाइरहने । बालबालिकालाई दलको झन्डा बोकाउन नहुने भनिएको छ तरपनि बालबालिकाले भेटेर खेलौना ठान्नु स्वभाविक हो । तर पनि दलहरुले झन्डा जताततै फाल्नु भने हुँदैन थियो । अझ हेर्ने हो भने धरानस्थित पब्लिक हाइस्कुलको मैदानमा पानी खाएर फालिएका बोतलहरु यत्रतत्र छरपष्ट देखिएको थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: बैशाख १२ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend