धरानः धरानमा गठबन्धनबाट मेयर, उपमेयरलगायत वडाध्यक्षहरुको उम्मेद्वारको टुङ्गो लागेको छ ।
मेयरमा किशोर राई र उपमेयरमा अइन्द्रविक्रम बेघा उम्मेद्वार बनेका छन् । नेपाली कांग्रेसले धरान–१ मा यज्ञमणि आचार्य, धरान–२ मा सुधिरसिंह लिम्बू, धरान–३ मा दिव्या शाक्य, धरान–४ मा गणेश बजगाईं, धरान–५ मा सन्तोष लिम्बू, धरान–६ मा भुपाल राई, धरान–७ मा सुवर्ण पलिखे, धरान–८ मा उत्तम राई, धरान–९ मा रुपेश आचार्य, धरान–१० मा रुपा राईलाई उम्मेद्वार बनाएको छ ।
यस्तै, धरान–११ बाट लोकेन्द्र फागो, धरान–१२ बाट विष्णु तामाङ, धरान–१३ बाट पेम्बा तामाङ, धरान–१४ बाट श्याम श्रेष्ठलाई उम्मेद्वार बनाइएको छ ।
यस्तै, धरान–१५ मा भने दलहरुबीच गठबन्धनबाटै चुनाव लड्ने सहमति भएको नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले जानकारी दिए । ‘धरान–१५ बाट चाहिँ माओवादी केन्द्रका सुवास खवास वडाध्यक्षमा र अन्य सदस्यचाहिँ कांग्रेसले लिनेगरी सहमति बनेको छ ।’ उनले भने । उनका अनुसार अन्य वडामा पनि कहीँ गठबन्धन भएको र कहीँ गठबन्धन नभई मैत्रीपूर्णरुपमा चुनाव लड्नेछन् ।
यस्तै, धरान–१६ मा कांग्रेसबाटै मुरारी भट्टराई, धरान–१७ मा नरसिंह राई, धरान–१८ मा प्रविन राई, धरान–१९ मा राजकुमार थोप्रा, धरान–२० मा पदम लिम्बूलाई उम्मेदवार बनाएको छ ।
उपमेयरका उम्मेद्वार अइन्द्रविक्रम बेघाका अनुसार यसपटक वडामा कतै गठबन्धन र कतै मैत्रीपूर्ण चुनाव लड्ने एक किसिमको छलफल भएको बताए । ‘यसपटक गठबन्धन कहीँ भयो, कहीँ भएन’, उनले भने, ‘तरपनि मैत्रीपूर्ण हुन्छ ।’
सभापति पोख्रेलका अनुसार मेयर, उपमेयरबारे निर्णय ढिलो आउँदा गठबन्धनबाट आएका वडाध्यक्षहरुबारे निक्र्यौल नभएपनि धेरैजसो वडामा यिनै वडाध्यक्ष आउने बताए । ‘भोलिदेखि नै थप छलफल थाल्छौं, उम्मेद्वारी फिर्ताको समय पनि छ, त्यतिबेलासम्ममा वडाध्यक्षबारे केही हेरफेर हुनसक्छ ।’