Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खानेपानी र खहरे करिडोर नियन्त्रण गरिदिन उमेदवारसँग माग

हाम्रो कोशी आवाज
बैशाख १५ २०७९, बिहिबार
खानेपानी र खहरे करिडोर नियन्त्रण गरिदिन उमेदवारसँग माग

धरानः धरानमा नेकपा एमालेले चुनाव प्रचारप्रसार अभियानलाई तीब्र पारेको छ ।
बुधबारदेखि शुरु भएको चुनाव प्रचार अभियान आज (बिहीबार ) वडा नंं १० गरेको पनि गरेको छ । मेयरका प्रत्यासी मञ्जु भण्डारी (सुवेदी) र उपमेयरका प्रत्यासी पदम इश्वोसहित चुनावी प्रचार अभियानलाई तीब्रता दिएको हो ।
वडा पार्टी कार्यालयबाट शुरु भएको घरदैलो कार्यक्रम बुढासुब्बा मार्ग, बर्गैचा लाइन हुँदै देउराली चोक, धनकुटे रोड हुँदै पुनः पार्टी कार्यालयमा पुगेर टुङ्गीएको थियो । घरदैलोका क्रममा मतदाताहरुले खदा, अविरसहित खानेपानी समस्याका विषयमा जिज्ञासा राखेका थिए ।
एमालेकी मेयरका प्रत्यासी भण्डारीले खानेपानी र खहर करिडोर नियन्त्रण दीर्घकालीनरुपमा गर्न थप पहल भइरहेको समेत बताइन् । वडाध्यक्षका प्रत्यासी विवेक राईले समेत आफू विजयी भएपछि वडाको खानेपानी समस्या र खहरे करिडोरको समस्या हल गर्ने प्रतिबद्धता जनाए ।
कोरोना महामारीका बेला वडाध्यक्षका प्रत्यासी राईले गरेको सहयोगको स्मरण गदै मतदाताहरुले वडा अध्यक्षमा कुनै पनि हालतमा जिताएर छाड्ने प्रतिबद्धता जनाएका थिए । साथै, वडाबासीहरुले विगतमा वडाले गरेको कामका विषयमा समेत प्रशंसा गरेर जितका लागि अग्रिम बधाई समेत ज्ञापन गरेका थिए । घरदैलो अभियानको क्रममा मेयरका प्रत्यासी भण्डारी र उपमेयरका प्रत्यासी इश्वोले घर निर्माण गरिरहेका मजदुरहरुसँग समेत भेट गरेर समस्याका विषयमा बुझेका थिए ।
६ नम्बर निर्वाचन परिचालन कमिटी गठन
यसैबीच वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचमा नेकपा एमालका उम्मेदवारलाई वहुमतले विजय गराउन धरान उप महानगर कमिटी वडा नम्बर ६ को निर्वाचन परिचालन कमिटी विहीबार गठन गरिएको छ ।
नेकपा एमालेका जिल्ला सदस्य हेमराज सुवेदीको संयोजकत्वमा ११९० निर्वाचन परिचालन कमिटी गठन गरिएको नेकपा एमाले ६ नम्बर वडा कमिठी उपाध्यक्ष एसपजङ्ग रुम्दालीले बताए । उनका अनुसार पाटीको जनवर्गीय संगठनहरु सहित कमिटी गठन गरिएको हो । कमिटी गठन गरिएपछि अब मतदातासँग घरदैलो अभियान सञ्चालन गर्ने भएको छ ।
एमाले ६ नम्बर वडामा वडाध्यक्ष पदका लागि हरि राई, खुल्ला महिला सदस्य यसोदा सुवेदी (लामिछाने), दलित महिला सदस्यमा देवीमाया विश्वकर्मा, खुल्ला सदस्यहरुमा राजेन्द्र न्यौपाने र नारायण निरौला उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति: बैशाख १५ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend