Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एमालेका उम्मेदवारको इद मुबारक

हाम्रो कोशी आवाज
बैशाख २० २०७९, मंगलबार
धरानमा एमालेका उम्मेदवारको इद मुबारक

धरानः अरबी पात्रोको ९ औं महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइने इदउल फितरको समापन गरिएको छ । धरानमा पनि मुस्लिम समुदायले शुभकामना आदानप्रदान कार्यक्रम गरेर इदउल फितरको समापन गरेका छन् ।
शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेद्वार मञ्जु भण्डारी र उपमेयरको उम्मेद्वार पदम इस्वो (लिम्बू) सहभागी थिए । कार्यक्रममा सम्बोधन गदैं भण्डारीले जितेर गएपछि मदरासा भवन निर्माणका लागि सहयोग गर्ने बताइन् ।
धरान–५ मा भवन निर्माणका लागि जग्गासमेत हेरिसकेको उनले बताइन् । उनले नेकपा एमालेले सबै वर्ग समुदाय, जाती धर्म र चाड पर्वलाई समानरुपमा हेर्ने बताइन् । यस्तै उपमेयरका उम्मेद्वार पदम लिम्बूले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसाँस्कृतिक देश भएकाले पार्टीले प्रत्येक समुदाय, जातजातिहरुको समानुपातिक , सन्तुलित र न्यायसँगत प्रगतिका लागि काम गर्ने बताए ।
कार्यक्रममा अञ्जुमन इस्लामियनका अध्यक्ष तथा नेपाल मुस्लिम इतिहात संगठनका निवर्तमान अध्यक्ष युसुप सेख, मुस्लिम इतिहात संगठनका जिल्ला सहइञ्चार्ज तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य फिरोज अली, युवा नेता अफागलगायतको उपस्थिति रहेको थियो ।
इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । इदउल फितर र बकर इद । यी दुईमध्ये पहिलो पर्व इदउल फितर अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइन्छ । दोस्रो पर्व त्यो अद्वितीय कुरबानी (बलिदानको सम्झना) हो । जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए ।
इस्लाम धर्मावलम्बिहरूले संसारभरी नै प्रायः एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरूले पनि धुमधामका साथ मनाउँदछन् । बकरिद नामले पुकारिने मुसलमानहरूले हिजरिसम्वत अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो । यसको नियममा १ महिनासम्म सुर्यन नअस्ताउन्जेल पूर्णरुप उपवास (ब्रत) बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछि खाने चलन छ । नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदानप्रदान गरिन्छ ।

प्रकाशित मिति: बैशाख २० २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend