Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा चुनावको मुखमा उषा सुब्बाले छाडिन् एमाले

हाम्रो कोशी आवाज
बैशाख २२ २०७९, बिहिबार
धरानमा चुनावको मुखमा उषा सुब्बाले छाडिन् एमाले

धरानः नेकपा एमालेबाट धरान उपमहानगरपालिका वडा नम्बर ३ बाट निर्वाचित जनप्रतिनिधि उषा सुब्बाले चुनावको मुखमा पार्टी छाडेकी छिन् ।
उनी एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् । यसअघि एमालेबाट सुनसरी जिल्लाबाट सबैभन्दा बढी ल्याएर सदस्यमा निर्वाचित उनी यसअघि एमालेबाट धरान–३ बाट जनप्रतिनिधिमा निर्वाचित थिइन् । अहिले उनी गठबन्धनबाट धरान–३ को सदस्यबाट उम्मेदवार बनेकी छिन् । उनले गत ११ गते माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् ।
वडाको हरेक काम सकिने बेला मात्र आफूलाई जानकारी हुने र बाहिर बाहिर प्राविधिकसँग मिलाउने किसिमले खराब काम गर्ने गरेकोले आफूले एमाले छाडेको उनले बताइन् ।
शिङ्साबा भोटे समुदायसँगको भेटमा उनले यस्तो खुलासा गरेका हुन् । उनले आफूले तत्कालीन अवस्थामा न्याय, कानुनको क्षेत्रमा काम गरेको भन्दै आगामी दिनमा पनि यस्तै कामलाई निरन्तरता दिने बताइन् ।
नेकपा माओवादी केन्द्रका नेता तथा वडा नम्बर ३ का समाजसेवी सर्वजीत राईले शिङ्सा क्षोलिङ गुम्बा बनाउन बजेट माग्ने सिलसिलामा एमालेका नेताहरूले समुदायको चार पाँचजना मात्र मतदाता रहेको छ, किन बजेट दिने भनेर तत्कालीन अवस्थामा एमालेले भनेको कुरा आफूलाई चित्त दुखेको बताए ।
कांग्रेस र माओवादीबाट वडाध्यक्षको उम्मेदवार भएका विद्या शाक्यले आगामी चुनावमा आफू विजयी बने वडाको बजेट पारदर्शी बनाउने बताए । वडा सदस्य उम्मेदवार मनिष खड्गीले धरान–३ का बासिन्दालाई तीनधारेको पानी सङ्कलन गरेर खुवाउने बताए ।
खुल्ला वडा सदस्य उम्मेदवार मिक्मा भोटे संखुवासभा जिल्लाको भोटखोलाबाट आएर जातीय संस्था शिङ्सा कल्याण केन्द्र नगर अध्यक्षको कार्यभार सम्हाल्दै समुदायको हितमा काम गरेको बताए । आगामी दिनमा जनप्रतिनिधि भएर गएपछि थप काम गर्ने मौका दिन लोकतान्त्रिक बाम गठबन्धनको लागि भोट दिन आग्रह गरे ।

प्रकाशित मिति: बैशाख २२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend