धरानः छायाँकार तथा म्युजिक भिडियो निर्देशकको रुपमा पहिचान बनाएका भूपेन्द्र तुम्बाहाङफे नृत्यमा उत्तिकै पोख्त छन् ।
उनको नृत्य तथा अभिनय कला कौशलबारे जानकार संगीतकार तथा गीतकार अशोक चेम्जोङले उनलाई आफ्नो गीत ‘टोड्के कुसुण्डे’ मा अभिनय गराएका छन् ।
राजेश पायल राईको आवाज रहेको लोकशैलीको गीतमा उनीसँगै पुष्पा लिम्बू, विष्णु मोक्तान र सर्मिला याक्सो, सूर्य तुम्सा, सुमन आङदेम्बे, पन्च लावती, चुजन आङदेम्बे, सन्ध्या लिम्बू, शेरबहादुर तुम्सा र नगेन्द्र आङदेम्बेलगायतले अभिनय गरेका छन् ।
चर्चित निर्देशक किरण चाम्लिङ राईको निर्देशनमा सुमन तामाङ र बोगेन्द्र याम्फूले छायाङ्कन रहेको गीतको संगीत संयोजन कुन्दन राईको रहेको छ भने मुन्धुम स्टुडियोमा रेकर्ड गरिएको गीतलाई बादल लिम्बूले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
थैली इन्टरटेनमेन्ट अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको गीतको भिडियो मिक्लाजुङको विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिएको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् । छायाङ्कन तथा भिडियो निर्देशनमा नै रमाउने भुपेन्द्र सुहाउने रोल आए अभिनयमा पनिं जम्ने योजना रहेको बताउँछन् ।