Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१८ का उम्मेदवारले सबै सेवा-सुविधा वडा र वडाबासीको लागि खर्चिने घोषणा

हाम्रो कोशी आवाज
बैशाख २७ २०७९, मंगलबार
धरान-१८ का उम्मेदवारले सबै सेवा-सुविधा वडा र वडाबासीको लागि खर्चिने घोषणा

धरानः धरानमा लोकतान्त्रिक बाम गठबन्धनको घर दैलो अभियान सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १८ मा लोकतान्त्रिक बाम गठबन्धनको घरदैलो अभियान सोमबार भव्यरुपमा सम्पन्न भएको हो । वडाका वडाबासीहरुले गठबन्धनका मेयरका प्रत्यासी किशोर राई, उपमेयरका प्रत्यासी अइन्द्रविक्रम बेघा, सोही वडाका अध्यक्षका प्रत्यासी नरेन्द्रकुमार राई (प्रविण) सहितको टिमलाई भव्यरुपमा स्वागत गरेका थिए ।
पञ्चे बाजासहितको घरदैलो अभियानमा थुप्रै नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । १८ नं. वडाका वडाध्यक्ष पदका उम्मेदवार राई ०७४ सालको निर्वाचित वडाध्यक्ष पनि हुन् ।
राईको नेतृत्व धरानको सबैभन्दा उत्कृष्ट कार्य सम्पादन गर्ने वडामा पर्छन् । राईले घर दैलो अभियानको क्रममा वडाका विकास र समृद्धिका लागि र बाँकी रहेका कामहरु पुरा गर्न आफ्नो नेतृत्वको टिम पुनः उम्मेदवार बनेर बनेर आएको बताए ।
राई वडाध्यक्षले प्राप्त गर्ने सेवा सुविधा आफूले नलिई वडाको विकासको लागि खर्च गर्ने, व्यक्तिगत खर्चमा वडाभरी शान्ति सुरक्षा व्यवस्थापन गर्न सिसि क्यामेरा जडान, वडालाई धुलोमुक्त बनाउन सफल वडाध्यक्षको रुपमा परिचित छन् ।
राईको नेतृत्वमा बाल अधिकारसम्बन्धी सम्पूर्ण सूचक पुरा गरी बालमैत्री वडा घोषणा, वडाबासीहरुलाई स्वास्थ्य राख्न दैनिक व्यायम गर्न सजिलो होस् भन्ने उद्देश्यले धरानमै पहिलोपटक खुल्ला व्यायामशाला र पूर्वाञ्चलमै पहिलो पटक स्केट बोर्ड एरिया निर्माण, आर्थिक विपन्न परिवार भएकाहरुलाई स्वास्थ्य विमा, बालबालिका तथा वृद्धवृद्धाहरुको लागि वार्षिक रुपमा निःशूल्क स्वास्थ्य शिविर आयोजना लगायतका विभिन्न कार्यहरु गरेका थिए । वडाध्यक्षका प्रत्यासी राईले आफ्नो सम्पूर्ण सेवासुविधा वडा र वडाबासीको लागि खर्च गर्ने बताउँदै वृद्ध भत्ता, एकल महिला भत्ता र अन्य भत्ताहरु नै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलो अभियानको क्रममा गठबन्धनबाट मेयर पदका उम्मेदवार राई र उपमेयर पदका उम्मेद्वार बेघाले जनताका आवश्यकताहरुलाई बुझेर आफूहरुले काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । मेयर पदका उम्मेदवार राईले उपमहानगरपालिका भ्रष्टचारमुक्त बनाउने, शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, पर्यटन र सरकारी जग्गाको संरक्षण गर्दै सकुम्बासी समस्याको निराकरण गर्न आफूहरु लागि पर्ने बताए ।
वडामा २३८० मतदाता रहेका छन् ।

प्रकाशित मिति: बैशाख २७ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend