Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा यसरी हुँदैछ मतदान

हाम्रो कोशी आवाज
बैशाख ३० २०७९, शुक्रबार
धरानमा यसरी हुँदैछ मतदान

धरानः धरानमा बिहानैदेखि मतदान शुरु भएको छ । यसपटक पनि धरानमा उत्साहजनकरुपमा सहभागिता जनाएर मतदाताले मत खसालिरहेका छन् । सिंहदरबारको अधिकारलाई गाउँगाउँमा पुरयाउने भनिएको निर्वाचनमा लामबद्ध भएर समेत मत खसालिरहेका छन् ।
जनयुद्ध, जनआन्दोलनपछिको उपलब्धि गणतन्त्र स्थापना, संविधानसभा निर्वाचन र सोही संविधानसभाबाट जारी नयाँ संविधानमा भएको व्यवस्थाअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको हो । गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले धरान-१२ स्थित मतदानस्थलमा मतदान गरेका छन् भने उपमेयर पदका उम्मेदवार अइन्द्रविक्रम बेघाले धरान-१५ मा मतदान गरेका छन् ।
यस्तै, एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारीले पनि धरान-१५ मा मतदान गरेकी छिन् भने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान-१८ मा मतदान गरेका छन् ।
तस्वीरहरुः शेखरनाथ जोगी, हाम्रो कोशी आवाज

प्रकाशित मिति: बैशाख ३० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend