Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गठबन्धनको अग्रता कायमै

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०७९, बुधबार
धरानमा गठबन्धनको अग्रता कायमै

धरानः धरान उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार किशोर राई (रुख) ले अग्रता कायम राखेका छन् ।
हालसम्म पनि उनले अग्रता कायम गरेका हुन् । पछिल्लो गणनाअनुसार राईले ७ हजार ७ सय १७ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
राईलाई स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ (लौरो) ले ७ हजार ४ सय ६१ मतसहित पछ्याइरहेका छन् । उनलाई जनताले लोकप्रिय मत दिएका छन् । यस्तै नेकपा एमालेकी मन्जु भण्डारी (सूर्य) ले ६ हजार ४ २२ मत पाएकी छिन् ।
यस्तै, उपमेयर पदका लागि अइन्द्रविक्रम बेघा (हँसिया हतौडा) ले ८ हजार ६ सय ७० मत ल्याएका छन् भने उपमेयर पदकै लागि पदम इश्वो (सूर्य) ले ८ हजार ३ सय २४ मत प्राप्त गरेका छन् ।
अहिले पनि मतगणना जारी छ । एक लाख ३ सय २४ मतदाता रहेको धरानमा ६२ हजार ८ सय ९७ मत खसेको थियो ।
यसैबीच धरान–१० मा एमालेले जीत निकालेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडाअध्यक्षमा एमालेका उम्मेदवार विवेक राई विजयी भएका छन् । उनले ९२४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी रुपा राईले ५६७ मत प्राप्त गरेकी छिन् ।
यस्तै, एमालेबाटै अन्य वडा सदस्यहरु निर्वाचित बनेका छन् । महिला खुला सदस्यमा फुर्दिकी शेर्पा ८७२, दलित महिला सदस्यमा अरुणा सुन्दास ८४८, खुला सदस्यमा कृष्णबहादुर राई ८०२ र खुला सदस्यमा सम्शेर बर्देवाले ८०० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: जेष्ठ ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend