Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लौरो अघि बढ्यो

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०७९, बिहिबार
धरानमा लौरो अघि बढ्यो

धरानः धरान उपमहानगरपालिकामा दलहरुलाई स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले आच्छुआच्छु पार्दै लगेका छन् ।
धरान उपमहानगरपालिकाकाको पछिल्लो मत परिणामअनुसार स्वतन्त्रका उम्मेदवार हर्कले कांग्रेस र एमालेलाई पछाडि पारेका छन् ।
पछिल्लो मत परिणामअनुसार मेयरमा हर्क साम्पाङ (लौरो) ले ८ हजार ५०९ मत ल्याएका छन् । २९ हजार ४ सय ६६ मतगणना हुँदा उनले यतिका मत ल्याएका हुन् । किशोर राई (रूख) ले ८ हजार ३६२ मत ल्याएका छन् । ठूला दलहरूलाई नै चुनौती दिँदै अघि बढिरहेका उनले लोकप्रिय मत पाइरहेका हुन् ।
यस्तै, मञ्जु भण्डारी (सूर्य) ले ६ हजार ८५८ मत ल्याएकी छिन् । यस्तै, उपमेयरमा अइन्द्रविक्रम बेघा (हँसिया हथौडा) ले ९ हजार ४३० र पदम इश्वो (सूर्य) ९ हजार ७९ मत ल्याएका छन् ।
मतगणना सुरू भएयता कहिले दोस्रो र कहिले तेस्रो बन्दै आएका उनी अहिले पहिलो बनेका हुन् ।
धरानमा एकातिर कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन छ भने अर्कातिर एमाले उभिएको छ । राईलाई गठबन्धनको साथ छ भने भण्डारी एक्लै लडेकी छिन् । हिजो दिउँसोदेखि रोकिएको मतगणना आज पौने ९ बजेदेखि पुनः गणना शुरु भएको हो ।

प्रकाशित मिति: जेष्ठ ५ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend