धरानः धरान–१९ मा नेकपा एमालेले प्यानलै जितेको छ ।
वडाध्यक्षमा पूर्णप्रसाद लिम्बूले ९२८ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजकुमार थोप्राले ८५४ मत ल्याएका थिए ।
उनको प्यानलै विजयी बनेको हो । महिला सदस्य झुमादेवी गुरुङले ९५३, दलित महिला सदस्य चन्द्रमाया विक ९२७, खुल्ला सदस्य जसरथ सुब्बाले ८९८, लोकेन्द्र राईले ८८७ मत ल्याएर विजयी बनेका छन् । यसैबीच चुनावमा प्रतिस्पर्धी थोप्राले विजयको माला पहिरयाएका थिए ।
४ हजार ९४० मतदाता रहेको धरान–१९ मा २२ सय ९५ मत खसेको थियो । मेयरका लागि लौरोले ८८७ मत ल्याएर अग्रस्थानमा छ । यस्तै, सूर्यले ४२६, रुखले ५८४ मत मात्रै पायो । यस्तै, उपमेयरअन्तर्गत सूर्यले ८४१ र हँसिया हँथौडाले ६९२ मत ल्याएको छ ।
तस्वीरः लक्ष्मण थापा



