धरानः धरान उपमहानगरपालिकामा धेरै वडामा नेकपा एमालेले जीत निकालेको छ ।
पछिल्लो मत परिणामअनुसार धरानमा एमालेले ७ वटा वडा जितेको हो ।
धरान–२ मा रमेश राई, धरान–४ मा धनबहादुर राई, धरान–५ मा नरप्रसाद लिम्बू (थलङ), धरान–७ मा जीवन सुवेदी, धरान–८ धनबहादुर राई, धरान–१० मा विवेक राई, धरान–१९ मा पूर्ण लिम्बू विजयी भइसकेका छन् । अन्य वडाको मतगणना अहिले पनि जारी छ ।
धरान–१ मा यज्ञमणी आचार्य (नेपाली काङ्ग्रेस), धरान– ३ मा विधा शाक्य (नेपाली काङ्ग्रेस), धरान–६ मा भुपेन्द्र भट्टराई (स्वतन्त्र), धरान–९ मा रुपेश आचार्य (नेपाली काङ्ग्रेस), धरान– १८ नरेन्द्र कुमार राई (प्रविण) (नेपाली काङ्ग्रेस) ले जीत निकालेका छन् ।
यसैबीच धरान–८ को नतिजा सार्वजनिक भएको छ ।
मतगणनाको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार धनबहादुर राईको प्यानल नै विजयी भएको छ ।
४ हजार ७७६ मत खसेको सो वडामा उनले १ हजार ७२५ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उत्तम राईले ९ सय ८ मत मात्रै ल्याए ।
उता मेयर पदकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले भने हालसम्म तेस्रो स्थानमै रहेकी छिन् । पछिल्लो मत परिणामअनुसार हर्क साम्पाङ (स्वतन्त्र, लौरो) ले ९ हजार २९५ मत पाएको छ भने किशोर राई (गठबन्धन कांग्रेस) ले ९ हजार २५ मत पाउँदै दोस्रो बनेका छन् भने मञ्जु भण्डारी (नेकपा एमाले सूर्य) ले ७ हजार २८८ मत प्राप्त गरेकी छिन् ।