धरानः धरानको वडा नं १२ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
यसअघि वडाध्यक्ष र वडा सदस्य भइसकेका जनप्रतिनिधि नै यसपटक पनि दोहोरिएर आएका हुन् । वडाअध्यक्षमा नेकपा एमालेका टंक राई ८१५ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका विष्णु तामाङले ६७५ मत प्राप्त गरेका छन् ।
महिला सदस्यमा चुन्नु थापा ७९२, दलित महिला सदस्यमा शान्ति त्रिखत्री ७८९, खुल्ला सदस्यमा ब्रह्मज्ञ भट्टराई ८४३ र विनिता बज्राचार्य ७३१ मत प्राप्त गर्दै विजयी बनेका छन् ।