Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१३ मा वडाध्यक्ष काफ्ले फेरि दोहोरिए

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०७९, शनिबार
धरान-१३ मा वडाध्यक्ष काफ्ले फेरि दोहोरिए

निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि काफ्ले (बीच) । फाइल तस्वीरः हाम्रो कोशी आवाज

धरानः धरान-१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले फेरि दोहोरिएका छन् । उनी २०७४ सालमा नेकपा एमालेबाट चुनाव लडेर निर्वाचित वडाध्यक्ष थिए ।
उनको प्यानलले नै धरान–१३ बाट जीत निकालेको छ । नेकपा एमालेबाट उम्मेदवारी दिएका उनले १५ सय ७३ मत प्राप्त गरेर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका पेम्बा तामाङले ११ हजार ९५ मत प्राप्त गरेका छन् । काफ्ले ३७८ मतका साथ फराकिलो मतान्तरले विजयी भएका हुन् ।
यसैगरी वडा सदस्यमा दलित महिला सदस्यमा उर्मिला परियारले १३ सय ५९, महिला सदस्यमा सुन्दरी श्रेष्ठले १३ सय ४२, खुल्ला सदस्यमा तारा तामाङ गोले १२ सय ३२ र सन्तोष राई १४३६ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रकाशित मिति: जेष्ठ ७ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend