धरानः धरान–१६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार मुरारी भट्टराई २ हजार ४४ मतले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमाल कार्कीले १७ हजार १८ मत प्राप्त गरेका छन् ।
वडामा खुल्ला महिला सदस्यमा सुशिला श्रेष्ठले १९०४, दलित महिला सदस्य मीरा विश्वकर्माले १९१०, खुला सदस्य भीम लिम्बूले १८ सय २७ र खुल्ला सदस्य नै मुकेश घिमिरेले १७ सय ६९ मत प्राप्त गरेर विजयी भएका छन् ।
उता धरानको वडा नं १५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
एमालेबाट वडाअध्यक्षमा नरेश इवारम ३६ सय ०८ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले प्रतिस्पर्धी गठबन्धनका सुवास खवासलाई २४ सय २६ को फराकिलो अन्तरले पराजित गरे । खवासले ११ सय ८२ मत प्राप्त गरेका छन् । वडाअध्यक्ष इवारम दोस्रोपटक निवार्चित भएका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा पनि उनको प्यानल विजयी भएको थियो ।
महिला वडा सदस्यमा सिर्जना नेपालले २६ सय ८३ मत प्राप्त गरिन् भने दलित महिला सदस्यमा रचना नेपाली २६ सय ३९ मत प्राप्त गरेर विजयी बनिन् । यस्तै, खुला सदस्यमा बादल भट्टराई २५ सय ३३ र रंगलाल गिरी २४ सय ३ मत प्राप्त गरेर विजयी बनेका छन् ।
जनप्रतिनिधिकारुपमा विजयी बनेपछि धरान–१५ को श्याम चोकस्थित पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको शालिकमा फूलमालाले माल्यर्पण गरेर पार्टी कार्यालय हुँदै घरदैलो कार्यक्रममा सरिक भएका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा





