धरानः धरान उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको साख जोगाउने एकजनामात्रै वडाध्यक्ष निस्किएका छन् । उनी दोस्रोपल्ट वडाध्यक्ष बनेका हुन् ।
वडा १७ मा जित हासिल गर्दै सूर्यबहादुर भट्टराई (मनोज भट्टराई) ले माओवादीको वडाध्यक्षमध्येबाट साख जोगाएका हुन् । नेकपा माओवादी केन्द्रका धरान नगर अध्यक्ष समेत रहेका भट्टराईले वडाध्यक्षमध्ये साख जोगाउनेमा एक बनेका हुन् ।
कुल २० वटा वडाको मतगणना सकिँदा माओवादी केन्द्रले १७ मा मात्र जितेको हो । १७ मा अध्यक्ष साथै प्यानल नै विजयी भएको छ । अध्यक्षमा विजयी भट्टराईले २१ सय ७६ मत पाए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरसिंह राईले १४ सय ३६ र नेकपा एमालेकी कल्पना शेर्पाले १३ सय २ मत पाएकी छिन् ।
वडाको सदस्यहरूमा माओवादी केन्द्रकबाटै विजयी बने । दलित महिला सदस्यमा लक्ष्मी विश्वकर्मा १८ सय ६९, महिला सदस्यमा शेषकुमारी घिमिरे १८ सय ८५ मत प्रप्त गरेकी छन् भने खुला सदस्यमा मनोज विष्टले १७ सय ७५ र लक्ष्मण राईले १६ सय २१ मत प्राप्त गरेर विजयी भएका छन् ।
धरान–१७ रेल्वे चोकमै बसोबास गर्ने भट्टराई विशेषतः सामाजिक कार्यमा सक्रिय थिए । उनी जनताका प्रिय थिए । जनतालाई पर्दा सहयोग गर्ने भावनाका उनी कहिल्यै जनताबाट टाढिएनन् । सामाजिक कार्यमा भूमिका निभाउँदैे आएका उनको जीतलाई त्यहाँका जनताले खुशी साटेका छन् ।
यसअघि २०७४ सालमा अध्यक्षमा विजयी भट्टराईले १ हजार ८ सय ९९ मत पाए भने उनका निकटम प्रतिद्वन्द्वी पूर्णप्रसाद राईले १ हजार ३ सय ९५ मत पाएका थिए ।

जीतपछिको उत्साह भिडियोमा ।