Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजद्वारा सहप्राध्यापकदेखि शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारसम्मलाई सम्मान

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०७९, सोमबार
धरानको युएन, नवोदय कलेजद्वारा सहप्राध्यापकदेखि शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारसम्मलाई सम्मान

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजको ‘दशक महोत्सव’ का अवसरमा अर्थविद, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनुमान मोतेसहित पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा योगदान गर्ने तीन पत्रकार, पर्यटन क्षेत्रमा योगदान गर्ने साथै संस्थापक कर्मचारी सम्मानित भएका छन् ।
कार्यक्रममा अर्थविद सहप्राध्यापक विनुमान मोते, पर्यटन क्षेत्रमा योगदान पुरयाउँदै आएका पर्यटन व्यवसायी बासुदेव बराल सम्मानित भएका छन् । यस्तै, पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा योगदान गरेवापत हाम्रो कोशी आवाज डटकमका सम्पादक, प्रकाशक शेखरनाथ जोगी, ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ र फक्ताङलुङ खबर साथै दन्तकाली एफएमका समाचार सम्पादक तिर्थ कार्कीलाई सम्मान गरिएको हो । कार्यक्रममा यस्तै, संस्थापक कर्मचारी सतेन्द्र लामिछानेलाई पनि सम्मान गरिएको थियो ।
धरान–१५ स्थित किरात याक्थुम चुम्लुङको हलमा भव्यरुपमा आयोजित कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे (राई), कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले खदा र सम्मानपत्रले सम्मान गरेका थिए ।
कलेजले १० वर्ष पूरा गरेको अवसरमा भव्यरुपमा दशक महोत्सव मनाइएको हो । यही जेठ ७ गते स्थापनाको १० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्रदेश टपर, धरान टप गर्ने विद्यार्थीलगायतलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति: जेष्ठ ९ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend