धरानः धरान उपमहानगरपालिकाका मेयरको दौडमा रहेका प्रत्याशी किशोर राईले मत परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिएका छन् ।
उनले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुले पूरा कसरत गर्न नसकेको आदि कारणले धरानमा चुनाव जित्न नसकेको बताएका छन् । उनले टिकट वितरण, उम्मेदवारी छनौट गर्ने क्रममा पनि समस्या भएकोले जीत हात पार्न नसकेको बताए ।
‘पूरा एक्सरसाइज पुग्न सकेन, बीचमा हामीले जनतालाई कन्भिन्स गराउन सकेनौं, घरघर पुग्न पनि सकेनौं’, उनले भने, ‘टिकटको दौडमा हामी लाग्यौं साथै हाम्रो आन्तरिक गठबन्धन पनि भनेजस्तो नहुँदा हार व्यहोर्नुपरयो ।’
उनले कांग्रेस, कम्युनिष्टले नै धरानमा राम्रो काम गरेको समीक्षा, नराम्रो कामको समीक्षा गर्नै नपाई चुनाव आइसकेकोले पनि जित निकाल्न नसकेको समेत बताए । उनले आफू मेयरको प्रत्यासी भएको हैसियतले धरान उपमहानगरपालिकाका विकास निर्माण, खानेपानीदेखि अन्य कुरामा सहयोग गर्ने पनि बताए । ‘धरानको विकास, निर्माणका लागि म भएभरको तागत लगाउँछु ।’ उनले भने ।

