Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भेडेटारछेऊ दुर्घटना

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०७९, सोमबार
भेडेटारछेऊ दुर्घटना

धरानः धनकुटाको भेडेटारनजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
धनकुटातर्फ जाँदै गरेको श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना हुँदा तेह्रथुम छथर गाउँपालिका–५ बस्ने २२ वर्षीया कौशिला चेम्जोङको मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी हवल्दार दीपक खड्काले जानकारी दिए ।
साँगुरीगढी गाउँपालिका–६ कार्कीछाप भन्ने स्थानमा सोमबार मोटरसाइकल दुर्घटना हुन पुगेको थियो । भेडेटारबाट धनकुटातर्फ जाँदै गरेको को३४प ११८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक (श्रीमान) ३४ वर्षीय रामकुमार लिम्बू घाइते भएका छन् । पछाडि सवार रहेकी उनी दुर्घटनामा गम्भीर बनेकी थिइन् । उनको उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान पठाइएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक लिम्बूको धरानमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पानी परिरहेको समयमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार लिम्बू आफ्नो माइती घर पुगेर फर्किदै थिइन् ।

प्रकाशित मिति: जेष्ठ ९ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend