Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मेयर हर्क साम्पाङका साथीको हर्ष

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७९, मंगलबार
धरानमा मेयर हर्क साम्पाङका साथीको हर्ष

धरानः मेयरमा नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) चुनावताका केही साथीसहित भोट माग्न हिँड्ने पनि गरेका थिए । तीनैमध्येका थिए– मेयर राईका सहयोगी एवं निर्वाचन परिचालन संयोजक तर्कराज मगर ।
साथीकै साथको कारणले अहिले उनले निर्वाचनमा विजय पनि हासिल गरे । मङ्गलबार धरान उपमहानगरपालिकामा आयोजित मेयरको पदभार ग्रहण कार्यक्रममा तीनै साथी पनि सँगै पुगेका थिए । मेयर साम्पाङले पदभार ग्रहण गरिसकेपछि उनले धन्यवाद ज्ञापन गरे । खदा पहिरिएपछि भने उनी भावुक भने । उनले हर्षका आँशु झारे । त्यतिबेला मेयर साम्पाङको पनि आँशु रसाएको थियो ।
उनले जतिजना साथीहरु थिए, उनीहरुले खाइनखाइ पानी मात्रै भएपनि खाएर, खटेर साम्पाङलाई जिताउन लागिपरेको बताए ।
‘सामाजिक अभियन्ता हर्क साम्पाङ समूहको नेतृत्वको जति पनि समूहमा हामी लाग्यौं र हामीले जुन विन्दुमा पुरयाउने सोंचेका थियौं, जुन लक्ष्य लिएका थियौं, त्यो आज पूरा भएको छ’, निर्वाचन परिचालन संयोजक तर्कराजले भने, ‘हामी हर्षित छौं, आज उहाँको पदभार ग्रहण भयो ।’ यति भनेपछि उनले चुनावताका खट्ने सबैको तर्फबाट खदा पहिरयाए । मेयर साम्पाङसँग अङ्कमाल गरे, मेयरले धाप मारे, त्यसपछि उनको आँखाबाट हर्षका आँशु बगे । मेयर साम्पाङको पनि आँशु रसाए ।
उनले धराने जनता सबैको विजय भएको पनि बताउँदै कार्यकाल सफलताको शुभकामना दिँदै विदा भए । यसैबीच पब्लिक माविको मैदानमा भेला भएर समर्थक तथा शुभेच्छुकहरुसहित मेयर साम्पाङले मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले आफूलाई चुनावताका सघाउने सबै र उपमेयर, वडाध्यक्षका उम्मेदवारहरुलाई सम्मान समेत गरेका थिए ।

प्रकाशित मिति: जेष्ठ १० २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend