Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका शुक्र राईलाई सूर्य नेपाल गल्फको उपाधि

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७९, शुक्रबार
धरानका शुक्र राईलाई सूर्य नेपाल गल्फको उपाधि

धरानः सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि शुक्रबहादुर राईले जितेका छन् ।
धराने प्रो शुक्रले पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न चारदिने प्रतियोगितामा कुल १९ अन्डर २६९ खेले । अन्तिम दिन शुक्रले तीन अन्डर ६९ खेलेका थिए । उनले सिजनको तेस्रो उपाधि जितेका हुन् । उपाधिसँगै उनले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाए ।
कुल १३ अन्डर दुई सय ७५ खेल्नुभएका निरज तामाङ दोस्रो बने । अन्तिम दिन दुई ओभर ७४ मा चित्त बुझाएका निरजले एक लाख ५५ हजार रुपैयाँ पुरस्कार पाए । १२ अन्डर दुई सय ७६ खेलेका घरेलु प्रो भुवन नगरकोटी तेस्रो बने । अन्तिम दिन दुई अन्डर ७० खेलेका भुवनले एक लाख १० हजार रुपैयाँ पुरस्कार पाए ।
एमेच्योरतर्फ वानचेन ढोन्डुप पहिलो बने । उनले कुल ११ अन्डर दुई सय ७७ स्कोर खेल्नुभएको थियो । सूर्य नेपाल गल्फ टुर अन्तर्गत वर्षको अन्तिम स्पर्धाको फाइनल चरणमा २२ प्रो र आठ एमेच्योरसहित ३० जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्रारम्भिक चरणको ३६ होलमा ३४ प्रो र ११ जना एमेच्योरले भाग लिएका थिए । प्रोतर्फ शीर्ष २२ मा रहने गल्फरले आकर्षक नगद पुरस्कार प्राप्त गरे । एमेच्योरतर्फको विजेतालाई ट्रफी प्रदान गरिएको छ ।

प्रकाशित मिति: जेष्ठ १३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend