Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यी हुन् कतार विश्वकप खेल्ने ३२ राष्ट्र, यसपटकको दाबेदार को ?

हाम्रो कोशी आवाज
असार १ २०७९, बुधबार
यी हुन् कतार विश्वकप खेल्ने ३२ राष्ट्र, यसपटकको दाबेदार को ?

धरानः कतारमा हुने फिफा विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको टुंगो लागेको छ । अघिल्लो दिन पेरुलाई पेनाल्टीमा ५–४ गोलले हराउँदै अष्ट्रेलिया छनोट भएपछि कोस्टारिका पनि आफ्नो खेल जित्दै छनोट भएको हो ।
गएराति कोस्टारिकाले न्युजिल्याण्डलाई १-० ले पराजित गर्दै विश्वकपको टिकट काटेको हो । कोस्टारिकासँगै विश्वकप खेल्न ३२ वटै राष्ट्रको टुंगो लागेको हो । अघिल्लो दिन अष्ट्रेलिया फ्रान्स, डेनमार्क र ट्युनिसियाको ग्रुप डीमा परेको थियो ।
न्युजिल्याण्डलाई पराजित गरेको कोस्टारिका स्पेन, जर्मनी र जापान रहेको समूह इमा परेको छ । आठवटा ग्रुप प्रत्येकमा ४ जना टिम छन् । जसलाई समूह ए देखि एचसम्म बाँडिएको छ । विश्वकप आगामी मंसिर ५ देखि पुस ३ सम्म चल्नेछ ।
कुन कुन देशले खैल्नदैछन् विश्वकप
१. कतार
२. ब्राजिल
३. जर्मनी
४. डेनमार्क
५. फ्रान्स
६. बेल्जियम
७. क्रोएसिया
८. स्पेन
९. सर्बिया
१०. इंग्ल्याण्ड
११. स्विट्जरल्याण्ड
१२. नेदरल्याण्ड्स
१३. अर्जेन्टिना
१४. इरान
१५. दक्षिण कोरिया
१६. जापान
१७. साउदी अरेबिया
१८. इक्वेडर
१९. उरुग्वे
२०. क्यानडा
२१. घाना
२२. सेनेगल
२३. पोर्चुगल
२४. पोल्याण्ड
२५. ट्युनिसिया
२६. मोरक्को
२७. क्यामरुन
२८. अमेरिका
२९. मेक्सिको
३०. वेल्स
३१. अष्ट्रेलिया
३२. काेस्टारिका
कुन देशले कतिपटक जिते विश्वकप ?
अहिलेसम्म ८ वटा देशले मात्रै विश्वकप उचालेका छन् । सबैभन्दा धेरैपटक विश्वकप फुटबल जित्नेमा ब्राजिल छ । ब्राजिलले पाँच, जर्मनी र इटालीले चार–चारपटक विश्वकप उचालेका छन् । अर्जेन्टिना, फ्रान्स र उरुग्वले दुई–दुई पटक जितेका छन् । स्पेन र इंल्याण्डले एक–एकपटक विश्वकपको उपाधिमाथि कब्जा जमाएका छन् ।
यसपटकको दाबेदार को ?
यसपटक बलियो अवस्थामा देखिएका ब्राजिल र अर्जेन्टिनालाई विश्वकपको प्रमुख दाबेदार मानिएको छ । पछिल्ला खेलको तुलनामा ब्राजिल र अर्जेन्टिना बलियो देखिएको युरोपकै कतिपय संचारमाध्यमले चर्चा गरेका छन् । मेसीप्रेरित अर्जेन्टिना पछिल्लो ३३ खेलमा अपराजित रहेको छ ।
डिफेन्डिङ च्याम्पियन फ्रान्स फेरि पनि बलियो दाबेदार हो । तर नेसन्स लिगमा भने उसले कमजोर प्रदर्शन गरेको छ । तर जुनसुकै बलिया टिमलाई ढलाउन सक्ने क्षमतावान खेलाडी फ्रेन्च टिममा छन् । फ्रान्सको बेञ्च नै अरु देशको टिमभन्दा बलियो देखिने गर्छ । यसैले नेसन्स कपमा पराजित भए पनि फ्रान्सलाई दाबेदार टोलीमै राखिएको छ । केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यान, करिम बेन्जमा जस्ता आक्रामक स्कोर भएको फ्रान्स बलियो टोलीमा पर्छ ।
त्यस्तै स्पेन, जर्मनी अर्का दाबेदार टोली हुन् । जर्मनीकाे पनि नेसन्स कपमा खराब लय कायम छ । युरोपबाट इंग्ल्याण्ड, बेल्जियम, नेदरल्याण्डस् र पोर्चुगलले पनि जुनसुकै टिमलाई हराउने सामथ्र्य राख्छन् । यसैले यी टिम पनि विश्वकपका दाबेदार हुन् ।

प्रकाशित मिति: असार १ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend